पीएम कप क्रिकेट : मधेशलाई हराउँदै बाग्मती 'सुपर–फोर' मा
माघ ८, २०८१ मंगलबार
म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीमा ठेका र मदानीको बिक्री घटेको व्यवसायीले बताएका छन् । बेनीमा भइरहेको आठौं म्याग्दी महोत्सवमा मेला भर्न आउने दर्शकलाई लक्षित गरेर बाग्लुङबाट ल्याइएको ठेका र मदानीको बिक्री कम भएको हो ।
अघिल्लो वर्षहरूको तुलनामा मेलामा यो वर्ष ठेका, मदानीलगायत काठका अरू परम्परागत सामग्री सोचेअनुरूप बिक्री नभएको व्यवसायी टीका चुदाराले बताउनुभयो । केही वर्ष अघिसम्म ठेका र मदानीको माग पुर्याउनै कठिन हुने गरेको उहाँको अनुभव छ ।
गाउँमा गाईभैँसी पाल्नेहरू घट्दै गएको, सिल्टे र प्लास्टिकका ठेका तथा विद्युतीय मदानीको प्रयोग गर्ने प्रचलनले ठेका र मदानी बनाउने परम्परागत सीप र पेशा सङ्कटमा पर्न थालेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।