अमेरिकालाई विश्व स्वास्थ्य सङ्गठनबाट अलग्याउन राष्ट्रपति ट्रम्पको आदेश

 माघ ८, २०८१ मंगलबार १५:११:२ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट अमेरिकालाई बाहिर निकाल्ने प्रक्रिया शुरू गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको छ ।

पहिलो कार्यकालमा पनि डब्ल्यूएचओसँग रुष्ट बनेर अमेरिकालाई बाहिर निकाल्ने घोषणा गर्नुभएका ट्रम्पले दोस्रो कार्यकालको शुरुआतकै दिन फेरि बाहिरिने आदेश दिनुभएको बीबीसीले जनाएको छ ।

कार्यकारी आदेश भनेको राष्ट्रपतिले नीतिगत परिवर्तनहरू लागू गर्न सक्ने तरिकाहरूमध्ये एक हो । जसका लागि सांसदहरूको मत हासिल गर्न आवश्यक पर्दैन ।

अरू देशहरूको तुलनामा अमेरिकाले डब्ल्यूएचओका लागि अनुचित मूल्य चुकाएको ट्रम्पको भनाइ छ । अमेरिका विश्व स्वास्थ्य सङ्गठनको सबैभन्दा ठूलो दाता हो । सन् २०२३ मा अमेरिकाले विश्व स्वास्थ्य सङ्गठनको बजेटको २० प्रतिशत अर्थात् १ अर्ब ३६ करोड डलर सहयोग गरेको थियो । अमेरिकाले वर्षेनि डब्ल्यूएचओको बजेटको १५ देखि २० प्रतिशत हिस्सा सहयोग गर्दै आएको छ । अमेरिकाले विभिन्न स्वास्थ्य कार्यक्रम, अनुसन्धान र आपत्कालीन प्रतिक्रियामा पनि सहयोग गर्दै आएको छ ।

यसअघि कोभिड–१९ को विषयमा डब्ल्यूएचओले चीनको पक्ष लिएको भन्दै ट्रम्पले अमेरिका विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिएको घोषणा गर्नुभएको थियो । जो बाइडेन राष्ट्रपति भएपछि अमेरिका पुनः विश्व स्वास्थ्य सङ्गठनमा सहभागी भएको हो ।

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया