यू–१९ महिला एशिया कप : नेपालले पाकिस्तानलाई हरायो, पूजा महताेकाे उत्कृष्ट प्रदर्शन

 पुष १, २०८१ सोमबार १५:९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराउँदै विजयी शुरुआत गरेको छ ।

नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो । पाकिस्तानले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९ ओभरमा ४ विकेट गुमाएर भेटायो । नेपालकी कप्तान पूजा महतोले नटआउट ४७ रन बनाइन् ।

यसअघि मलेसियाको क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनायो । पाकिस्तानकी कोमल खानले ३८ रन बनाइन् । नेपालकी कप्तान पूजा महतोले २ विकेट लिइन् ।

याे जीतसँगै नेपाल 'सुपर–४' मा प्रवेश गरेकाे छ । पाकिस्तानले लगातार दुई खेल हारेर बाहिरिएसँगै नेपाल समूह चरणकाे अन्तिम खेलअघि नै 'सुपर–४' मा प्रवेश गरेकाे हाे । नेपालले समूह 'ए' को अन्तिम खेलमा भोलि भारतसँग खेल्नेछ ।

प्रतियोगिताको समूह 'बी' मा श्रीलङ्का, बङ्गलादेश र आयोजक मलेसिया छन् ।

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया