पाँच महिनामा सरकारको पुँजीगत खर्च ११ प्रतिशत, राजस्व सङ्कलन २...
पुस १, २०८१ सोमबार
काठमाण्डौ – एसीसी १९ वर्ष मुनिको महिला एशिया कपमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ ।
हिजोको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई नौ विकेटले हराएको थियो । नेपाली महिला टोली पहिलो पटक एशिया कप खेल्न लागेको हो । एशिया कप खेल्न नेपाली टोली गएको शुक्रवार मलेसिया प्रस्थान गरेको थियो ।
महेन्द्रप्रसाद रिजालको प्रशिक्षणमा रहेको नेपाली युवा टोलीको कप्तानी पूजा महतोले गरिरहेकी छिन् । एशियाका छ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् । समूह ‘बी’ मा भारत, पाकिस्तान र नेपाल छन् ।
नेपाल भोलि भारतसँग खेल्दैछ । दुवै समूहका शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् । सिङ्गल राउन्ड रोविनका आधारमा खेलिने सुपर फोरका शीर्ष दुई टोलीबीच फाइनल हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।