दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपतिविरुद्ध तत्काल महाभियोगको प्...
मंसिर ३०, २०८१ आइतबार
इजरायलले गाजामा गरेको आक्रमणमा दीर अल बलाह शहरका मेयरसहित २२ जनाको ज्यान गएको छ ।
हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको इजरायली डिफेन्स फोर्स (आईडीएफ) र हमास दुवैले पुष्टि गरेका बीबीसीले जनाएको छ । दीर अल बलाह शहरमा मात्रै १३ जनाको ज्यान गएको छ ।
यस्तै एउटा विद्यालयमा भएको आक्रमणमा एक शिशु र शिशुकी आमासहित सात जनाको ज्यान गएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
गएको वर्ष अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा एक हजार दुई जनाको ज्यान गएको थियो । त्यसपछि इजरायलले गाजामा शुरू गरेको आक्रमणमा ४४ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।