संक्रमणकालीन न्यायसम्बन्धी आयोगका पदाधिकारीको नाम सिफारिश गर्ने तयारी

 मंसिर ३०, २०८१ आइतबार ९:२८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीमा छनोट भएकाहरुको अन्तर्वार्ता सकिएको छ ।

पदाधिकारी सिफारिश समितिले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि छनोटमा परेका ४० जनाको कार्ययोजना र अन्तर्वार्ताको काम सकेको हो ।

अन्तर्वार्ता सकिएपछि समितिले आज आयोगका अध्यक्ष र सदस्यको नाम सरकारलाई बुझाउने तयारी गरेको छ । दुई अध्यक्षका लागि आठ जना र बाँकी आठ सदस्यका लागि ३२ जना छनोट सूचीमा परेका थिए ।

अध्यक्षका लागि छनोट भएका पाँच जनाले दुवै आयोगका लागि निवेदन दिएका छन् भने तीन जनाले सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि मात्र निवेदन दिएका छन् ।

अध्यक्षमा अच्युतप्रसाद भण्डारी, काशीराज दाहाल, डिल्लीराज आचार्य, महेश थापा, विजयसिंह सिजापति, विश्वराज कोइराला, सुदिप पाठक र शेरबहादुर केसी छनोट सूचीमा परेका हुन् ।

तीन महिनाभित्र दुई अध्यक्ष र ८ सदस्यको सिफारिस गरिसक्ने समय पाएको समितिले पर्सि पुस २ भित्र सरकारलाई सिफारिश गरिसक्नुपर्छ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया