पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्माको जीत निश्चित

 मंसिर ३०, २०८१ आइतबार ५:५७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्माको जीत निश्चित भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार केही मत गन्न बाँकी भए पनि शर्माको गन्न बाँकी भन्दा बढी मतान्तर भइसकेको छ ।

गएरातिसम्मको मतगणनामा शर्मा निकटतम प्रतिस्पर्धी रमेश विष्टभन्दा एक हजार मतले अगाडि हुनुहुन्छ ।

शर्माको जीतसँगै नेपाल पत्रकार महासङ्घले इतिहासमा पहिलो पटक महिला नेतृत्व पाउँदैछ । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुनुहुन्छ ।

यस्तै प्रेस युनियनबाट विद्रोह गरेर उम्मेदवारी दिएका विष्टलाई प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनको समर्थन रहेको छ ।

अध्यक्षसँगै केन्द्रीय पदाधिकारीका धेरै पदमा पनि शर्मा प्यानलकै उम्मेदवारले जित्ने निश्चित भएको छ । वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्षमा नितु पण्डित र महासचिवमा रामप्रसाद दाहालले अग्रता लिनुभएको छ । केही पदमा भने विष्ट प्यानलका उम्मेदवारहरु निर्वाचित भएका छन् । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया