१५ अर्ब रुपैयाँ सहयोगमा भारतले थप दुई वटा पेट्रोलियम पाइपलाइन बनाइदिने

 असोज १७, २०८१ बिहीबार १७:५७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल र भारतबीच दुई वटा पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

काठमाण्डौमा आज भएको एक समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इन्डियन आयल कर्पोरेशन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गर्नुभयो । हस्ताक्षर कार्यक्रममा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पङ्कज जैन तथा इन्डियन आयल कर्पोरेशनका अध्यक्ष भिसतिस कुमारको उपस्थिति रहेका थियो ।

सम्झौताअनुसार भारतले सिलिगुडीबाट नेपालको झापाको चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण गरिदिनेछ । साथै चारआलीमा १८ हजार नौ सय किलोलिटर क्षमताको 'स्मार्ट ग्रीनफिल्ड टर्मिनल' निर्माण पनि भारतकै लगानीमा बन्नेछ । यस्तै अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ । लोथरमा ९१ हजार नौ सय किलोलिटर क्षमताको 'स्मार्ट ग्रीनफिल्ड टर्मिनल' भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमले निर्माण गर्नेछ ।

दुवै आयोजनाको कुल लागत १५ अर्ब रुपैयाँ बराबर रहेको निगमले जनाएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा आयोजना अगाडि बढाउने सहमति भएको थियो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया