बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
जितु खड्का/साउदी अरेबिया ।
म अहिले साउदीमा काम गर्छु । यहाँ काम गर्न थालेको १६ वर्ष भइसक्यो । यी १६ वर्षका सुखदुःख अचम्मका छन् ।
सुरुका दिनमा भाषा जानिएन । अरबी भाषा चल्दो रहेछ । अरबीको अ पनि जान्दैन थिएँ । फेरि काम पनि सम्झौता भन्दा फरक पर्यो । सुरुमा रेडियो र टिभी बनाउने काममा भनेर आएको तर ‘टि ब्वाई’को काम पाइयो ।
दुई महिना त्यही काम गरेँ । पछि साहुले धर्म परिवर्तन गर्न दवाव दिए । मलाई आफ्नो धर्म छाड्न मन लागेन । त्यसपछि मलाई सुक्को पैसा पनि दिएनन् ।
काम नराम्रो भएपछि मैले साहु परिवर्तन गर्न खोजेँ । साहुले दिएनन् । मैले बरु अवैधानिक भएरै काम गर्छु तर तिम्रो काम गर्दिन भनेपछि साहु माने ।
भिसा, हवाई टिकट र यहाको अस्थाई परिचयपत्र बनाएको पैसा हिसाब गर्दा मैले चार महिना गरेको काम वापतको तलबमा पनि १५ सय रियाल थप्न पर्यो ।
सापट खोजेरै मैले त्यो काम छाडेर अल–साफी डेरी फारममा काम गर्न थालेँ । यो कम्पनीमा सुरुमा पाँच सय रियालमा काम गरेको हुँ । अथवा त्यो बेलामा मेरो तलब जम्मा १० हजार रुपैयाँ हुन्थ्यो । पद लेवरको थियो ।
अहिले म यही कम्पनीमा क्वालिटी कन्ट्रोल ल्याबमा टेक्निसियनको हैसियतमा काम गर्छु । हप्तामा दुई दिन बिदा पाइन्छ । वर्षमा एक पटक एक महिनाको बिदामा घर फर्किन पाइन्छ । एक महिना बिदा बस्दाको तलब सहित कम्पनीले नै दुईतर्फी टिकट उपलब्ध गराउँछ ।
साथै मैले नेपालको आन्तरिक विमान चढेँ भनेपनि बिल दिएपछि पैसा खातामा हालिदिन्छ । तलब चाहिँ नेपालका प्रधानमन्त्रीको तलब भन्दा अलि बेसी हुन्छ । (स्मरण रहोस २०७३ साउन १ गतेदेखि प्रधानमन्त्रीको मासिक पारिश्रमिक (सेवा सुविधा बाहेक) ७७ हजार २७५ रहेको छ ।)
मेरो साउदीको १६ वर्षे अनुभवले यो भन्छ कि यहाँ भाषा, धर्म, सीप र ज्ञान भयो भने राम्रो हुन्छ ।
Swabhiman Sapkota
Oct. 9, 2018, 1:28 a.m.महासय , अर्काको मुलुकमा पाल्तु बस्नु र आफु जन्मेको मुलुकको प्रधानमन्त्रि हुनुमा भिन्नता छ /
Himal budha magar
Oct. 8, 2018, 5:41 p.m.१६ वर्षको अनुभव ले जम्मा नेपाल प्रम को भन्दा बढी मासिक तलब थुक्क कति थियो १लाख ५० हजार त थियेन होला साउदी को बारे मा मलाइ थाहा छैन त्यस्तो कुरा गर्ने भये त मेरो त मासिक १ लाख ८० हजार थियो अहिले पनि कतारमा छु मासिक जम्मा 1लाख 35 हजार हुन्छ त्यो पनि कम हो यहाँ येस्ता नेपाली पनि छन जस्को मासिक धाइ लाख तीन लाख सम्म छन १/२ वर्ष भित्र न चाहिदो कुरा।