रुस र युक्रेनद्वारा एकअर्कामाथि ड्रोन आक्रमणलाई निरन्तरता
चैत १, २०८१ शुक्रबार
काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले नेपालको श्रम क्षेत्रका समस्या समाधान गर्दै वैदेशिक रोजगारीलाई मर्यादित बनाउने बताउनुभएको छ । हिजो मन्त्रालयमा श्रम, रोजगार पत्रकार समूहसँग कुराकानी गर्नुहुँदै मन्त्री कुवँले यस्तो बताउनुभएको हो ।
‘वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नहेपिउन् र वैदेशिक रोजगारी मर्यादित होस् भन्नेमा म प्रतिबद्ध छु’, उहाँले भन्नुभयो, ‘विदेशमा रहेर काम गर्नु पक्कै पनि पीडादायी नै हुन्छ । यस क्षेत्रका समस्या र चुनौतीको समाधानको लागि म प्रयासरत रहनेछु ।’
यस्तै उहाँले स्वदेशमै रोजगार प्रबर्द्धनमा ध्यान दिनुपर्ने पनि बताउनुभयो । नेपालमा सबैखाले कामको आकर्षण भएको तर दक्ष र सीपयुक्त जनशक्ति नहुँदा भारतीय कामदार ल्याउनुपरेको पनि उहाँको भनाइ थियो । नेपालमा काम नगर्ने तर विदेशमा जस्तोसुकै काम गर्न पनि जान तयार हुने गरेको भन्दै उहाँले आफ्नो सीप विकास गरेर देशमै स्वरोजगार बन्न आग्रह पनि गर्नुभयो ।
‘प्लम्बर, इलेक्ट्रिसियन, नाइ मात्र होइन उद्योगहरुमा मेकानिकसम्म भारतबाट आउँछन्’, उहाँले भन्नुभयो, ‘हामीहरु सीप विकास गरेर उनीहरुलाई विस्थापन गरौँ न, अनि रोजगारीका अवसर नेपालमै भेटिन्छन् ।’
सरकारले खाडीका देश लगायत मलेसियामा जाने श्रमिकलाई फ्री भिसा फ्री टिकेटको व्यवस्था गरेको भए पनि त्यसको राम्रोसँग पालना नभएको भन्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्न आफू लाग्ने पनि उहाँले बताउनुभयो । यस्तै आफ्नो कार्यकालमा महिला कामदार तथा महिला घरेलु कामदारका विषयलाई पनि प्राथमिकताका साथ हेर्ने उहाँले बताउनुभयो ।
मन्त्री कुँवरले भारतमा रहेका नेपाली श्रमिकको विषय पेचिलो भएको भन्दै भारतमा नेपाली श्रमिक कहाँ कति छन्, उनीहरुले पैसा कसरी पठाउँछन् भन्नेबारे अझै यकिन आँकडा नभएकाे उल्लेख गर्नुभयाे । भारतकाे राेजगारीलाई पनि व्यवस्थित गरिनुपर्ने र त्यसमा पालिका तहकाे भूमिका हुनुपर्ने उहाँकाे भनाइ थियाे । उहाँले भन्नुभयो, ‘यसमा पालिका तहले संवेदनशील हुनुपर्छ, आफ्नो क्षेत्रबाट वैदेशिक रोजगारी होस् वा भारतमा होस् सबैको रेकर्ड राख्नुपर्छ ।’