रुस र युक्रेनद्वारा एकअर्कामाथि ड्रोन आक्रमणलाई निरन्तरता
चैत १, २०८१ शुक्रबार
काठमाण्डौ – वैदेशिक रोजगार कसूर मुद्दाका फरार प्रतिवादी चितवन कालिका नगरपालिका–८ बस्ने ४६ वर्षीय श्रीकृष्ण घिसिङ्ग तामाङ्लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगार सञ्चालन गर्ने अनुमति नै नपाएका घिसिङ्गले आकर्षक रोजगारका लागि राम्रो पारिश्रमिकमा इजरायल, जापान लगायतका देशहरूमा पठाइदिने झुट्टा आश्वासन देखाई पीडितहरूबाट विभिन्न मितिमा रकम प्राप्त गरी ठगी गरेको वैदेशिक रोजगार कसुरका ३ थान मुद्दामा सर्वोच्च अदालतबाट २०७७ चैत १७ गते ६ वर्ष कैद र ६ लाख रूपैयाँ जरिबाना ठहर भएको थियो ।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाण्डौ कलंकीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाण्डौमा पेस गरेको प्रहरीले जनाएकाे छ ।