रुस र युक्रेनद्वारा एकअर्कामाथि ड्रोन आक्रमणलाई निरन्तरता
चैत १, २०८१ शुक्रबार
काठमाण्डौ – वैदेशिक रोजगार विभागमा दुई म्यानपावर कम्पनीले आफ्नो इजाजत रद्द गरी धरौटी रकम फिर्ता तथा बैङ्क ग्यारेन्टी फुकुवा गर्न निवेदन दिएका छन् ।
इजाजत पत्र नम्बर ९४२ भएको नेगी इन्टरनेशनल र १०३२ इजाजत नम्बर भएको झरना ह्युमन रिसोर्स प्रालिले आफ्नो इजाजत पत्र रद्द गरी धरौटी रकम फिर्ता र बैङ्क ग्यारेन्टी फुकुवा गरी पाउँ भन्दै विभागमा निवेदन दिएका हुन् ।
म्यानपावर कम्पनीले इजाजत रद्दको माग गर्दै आवेदन दिए पछि विभागले ३५ दिनभित्र यी म्यानपावरसँग कसैको हक स्वामित्व तथा लेनदेनमा असर पर्ने भए वा कसैलाई मर्का पर्ने भएमा विभागमा सम्पर्क गर्न भनेको छ ।
अन्यथा माग बमोजिम विभागले इजाजत पत्र रद्द गरी धरौटी रकम फिर्ता तथा बैङ्क ग्यारेन्टी फुकुवा हुने सूचना विभागले जारी गरेको छ ।