उपचुनाव : मौन अवधि शुरू, उल्लङ्घन गरेमा तत्काल कारबाही हुने
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वातावरण यसअघिको भन्दा फरक थियो । चहलपहल र घुईंचो, तर वातावरण मौन ।
बिहीबार दिउँसो एक बजे मन्त्रालयकै सभाहलमा निवर्तमान मन्त्री गोकर्ण विष्टको बिदाइका साथै नयाँ मन्त्रीलाई शुभकामना दिने कार्यक्रम थियो ।
मन्त्रालयको दोस्रो तल्ला, जहाँ निवर्तमान मन्त्री विष्टको नाम टाँसिएको बोर्ड हटिसकेको थियो । त्यही हटेको बोर्डको छेउछाउमा यताउती गर्दै थिए कर्मचारी ।
निर्धारित समयअनुसार नै विष्ट आफ्नो कार्यकक्षबाट सभाहलतिर मुस्कुराउँदै छिर्नुभयो । मुस्कुराइरहेका विष्टका अघिल्तिर बसेका कर्मचारी र अरु भावुक देखिन्थे ।
बिदाइ र स्वागतको क्षण एकैपटक हुँदा वातावरण यस्तै हुन्छ । तर मन्त्री विष्टलाई देख्दा लाग्थ्यो यो बिदाइको क्षण हैन । मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. नारायण रेग्मीले मन्त्रीसँगको आफ्नो सहकार्यको अनुभव सुनाउनुभयो ।
केही समयअघि मात्रै श्रम सचिव भएर आएका बिनोद केसीले छोटो समयको आफ्नो सहकार्य सौहाद्र्धपूण रहेको भन्दै निवर्तमान मन्त्री विष्टको सुखद भविष्यको कामना गर्नुभयो र मायाको चिनो दिनुभयो ।
मन्त्री विष्टले पाएको मायाको चिनो थियो ‘बुद्धको मूर्ति ।’ अघिल्तिर टेबुलमा रहेको बुद्धको मूर्तिजस्तै शान्त हुनुहुन्थ्यो, विष्ट ।
सुरक्षित वैदेशिक रोजगारीसँगै देशभित्रको रोजगारी सृजनाका लागि आफूले थालेका तमाम काम र प्रयत्नलाई बीचैमा छाड्नुपर्दा मन त दुखेको थियो होला । तर त्यो पीडा अनुहारमा देखिंदैनथियो । बरु जोशका साथ भन्नुभयो, ‘यो बिदाइको क्षण हो, तर मेरो लागि खुशी र सुखद क्षण हो ।’
आफूले श्रम मन्त्री भएर कार्यभार सम्हालेपछि २० महिनाको अवधिमा गरेको कामको समीक्षा गर्दै उहाँले मौका दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
न त उहाँको बोलीमा मन्त्रीबाट हट्नुपर्दाको दुःख झल्किन्थ्यो, न त अनुहारमा । उहाँले मन्त्री नभए पनि नागरिकाको हितमा काम गर्नका लागि आफू राजनीतिमै भएको पटकपटक दोहोर्याउनुभयो ।
झण्डै २३ मिनेट बोल्दा विष्टले आफू गरिबी, अभाव र अन्यायमा रहेका नागरिकका लागि जहाँबाट जहिले पनि आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कर्मचारीलाई सधैं नागरिकको हितका लागि काम गर्न पनि अनुरोध गर्नुभयो ।
उपस्थित सबैसँग बिदा माग्नुभयो । मन्त्रीको बोली र व्यवहारले सबै भावुक देखिन्थे । सबैले हात मिलाएर आगामी दिनको शुभकामना दिए । बाहिर निस्किएर पनि कर्मचारीलाई भन्दै हुनुहुन्थ्यो ‘राम्रो काम गर्नु ।’
विष्ट ‘म गएँ है त’ भन्दै भर्याङबाट तल झर्नुभयो । पछिपछि लागे कर्मचारीहरु । उहाँ हिँड्दै बाहिर निस्कनुभयो । अघिअघि विष्ट, पछिपछि कर्मचारी र अरु मानिसको लाम । सिंहदरबारभित्रै रहेका अरुलाई यो दृश्य नौलो लाग्यो ।
सिंहदरबारको गेटबाट हात हल्लाउँदै विष्ट बाहिरिनुभयो । बाटोमा ट्याक्सी रोक्नुभयो र मुस्कुराउँदै ट्क्याक्सीमा चढेर घर फर्कनुभयो ।
जब श्रम मन्त्री भएर यो मन्त्रालयमा प्रवेश गरेको बेलामा नै मैले भनेको थिएँ, अहिले म मन्त्रीको हैसियतले आएको छु, तर यो ठाउँमा म अस्थायी पाहुना हुँ । जति दिन बस्छु नागरिक र श्रमिको हितमा इमानको साथ भूमिका खेल्नेछु ।
त्योबेला मन्त्रालय तीन, चारवटा कोठामा सीमित थियो । कर्मचारीको सँख्या थोरै थियो । तर अहिले यो मन्त्रालयलार्ई एउटा सवल मन्त्रालयको रुपमा विकास गर्यौं ।
७५३ जना रोजगार संयोजकको नियुक्ती, जनशक्ति व्यवस्थापनदेखि नयाँ कार्यक्रम आमनागरिक र श्रमिकको जीवनलाई रुपान्तरण गर्ने गरी हामीले अघि सार्यौं ।
यो मन्त्रालय मानवहित केन्द्रित मन्त्रालय हो ।
यहाँ गरिने हरेक निर्णयले मानिसको जिन्दगीलाई प्रभाव पार्छ । यसले देशमा खान नपाएर, अत्यन्तै जोखिमपूर्ण जीवन बाँचिरहेका नागरिक, गरिबी अभावको पीडा व्यहोर्दै, घरपरिवार र जन्मभूमिबाट टाढा जाने नेपाली युवाहरु र देशभित्रै श्रम र पौरख गर्ने, तर पसिनाको मूल्य पनि नपाउने श्रमिकहरु जसको सुरक्षामा यो मन्त्रालय क्रियाशिल हुनुपर्छ, यो मैले भनेको थिएँ ।
देशलाई खर्बौं रुपैपाँ रेमिट्यान्स पठाएर सहयोग गर्ने साथीहरु अरबको तातो खाडीमा पसिना बगाइरहेका छन् । मलेसियामा पसिना बगाइरहेका छन् ।
लाखौ रुपैयाँ ठगिएर ती युवाहरु पराईको भूमिमा पसिना बगारहेका छन् । यो मन्त्रालयको मुख्य कर्तव्य ती दर्जनौं युवा जो लाखौं ठगिएर पसिना बगाउनेहरुको रक्षा गर्नु हो । उनीहरुको हित गर्नु हो ।
हामीले मन्त्रालयमा रहेर, गरिबी अभावमा जोखिमपूर्ण जीवन बिताइरहेकाहरुको सुरक्षाको लागि प्रयत्न गर्यौं । यहाँहरुलाई थाहा छ, लामो समयसम्म नेपाल र मलेसियाबीच एउटा गतिरोध पनि उत्पन्न भयो । त्यो गतिरोध काम गर्न जाने युवाहरुको शोषणका बिरुद्धको निर्णय थियो । तर त्यो गतिरोधलाई हामीले दुई देशबीच श्रम समझदारीमार्फत टुङ्गोमा पुर्यायौं ।
शून्य लागतमा सुरक्षाको प्रत्याभूतिसहित कामदार जान पाउने वातावरणको निर्माण गर्यौं । यो नेपालका युवाका लागि एकदमै महत्वपूर्ण थियो । हामीले यूएई, जापान र मरिसससँग पनि नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर समझदारी गर्यौं ।
दुनियाँको जुनसुकै कुनामा बस्ने श्रमिकप्रति राज्य जिम्मेवार हुनपर्छ । यही कर्तव्यलाई निर्वाह गर्ने कोशिस गरेँ, यही मान्यतालाई स्थापित गर्ने कोशिस गरेँ ।
बिनाकारण विदेशका जेलमा रहेका नेपालीहरु वा हरेक दिन आउने शव र तिनीहरुको परिवारको सम्वेदनशिलतालाई ध्यानमा राखेर काम गरेँ । श्रमिकको पसिनालाई उचित सम्मान गर्ने कोशिस गरेँ । नेपालमा यसअघि रोजगारीको विषयले प्राथमिकता पाउने सकेको थिएन ।
आन्तरिकताको रोजागारी प्रवद्र्धनका लागि, सरकारले रोजगारी सृजनाका लागि हस्तक्षेप गर्नुपर्छ भनेर प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रयत्न गर्यौं । विभिन्न ऐन बनायौं, सेवा सम्बन्धी मापदण्ड, सामुदायिक आयोजना कार्यविधि लगायत थुप्रै काम गर्यौं । यो एक प्रकारले विशेष प्रकारको प्रयत्न थियो ।
काम गर्ने श्रमिकहरु जसको जीवन अत्यन्त जोखिमपूर्ण छ । आम नागरिक र श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरमा ल्याउन सामाजिक सुरक्षा कार्यक्रम पनि ल्याएका छौं । वैदेशिक रोजगारीका क्षेत्रमा भएका तमाम विकृतिमा सुधारको प्रयास थालेका छौं ।
नीति, कानुन र संरचनामा सुधारको प्रयत्न गर्यौं । यो बीचमा २० महिनाको अवधिमा जुन प्रकारले कामलाई केन्द्रित गर्यौं, यसमा यो मन्त्रालाय र यसमा काम गर्ने राष्ट्रसेवक मित्रको भूमिका महत्वपूर्ण छ । सचिवज्यूसहित तपाईँ सबैलाई धन्यवाद दिन चाहन्छु ।
कहिलेकाहीँ छिटो काम गर्ने सन्दर्भमा मैले कराएँ होला, ताकेता गरेँ होला, अस्वभाविक व्यवहार पनि भयो होला, त्यसका लागि क्षमा चाहन्छु ।
पद क्षणिक कुरा हो । हाम्रो जीवन नै अस्थायी छ भने पद स्थायी हुने त प्रश्नै हुँदैन । म आउँदा पनि यो मन्त्रालयबाट म निस्कनुपर्छ भनेर नै म आएको थिएँ । पद अस्थायी चिज हो ।
तर मुख्य कुरा हामी जति दिन बस्छौं र के गर्छौं भन्ने हो । हामी एक घण्टा मात्रै बस्दा पनि देश र नागरिकप्रतिको जवाफदेहिता र इमान्दारिताका साथ नै पूरा गर्नुपर्छ।
आज म मन्त्रीको हिसाबले बाहिरिएको छु । तर म राजनीतिभित्रै छु । देश र नागरिकको हितमा काम गर्ने कसम खाएको छु । म यो प्रतिबद्धतामै छु । राजनीतिमा लाग्दा मन्त्री बन्छु भनेर कल्पना गरेको थिइनँ । मन्त्री बन्न राजनीति गरेको पनि हैन । तर यो सौभाग्य पनि प्राप्त गरें ।
मेरो उदेश्य देश र नागरिकका लागि निरन्तर क्रियाशिल हुने नै हो । आज यो बिदाइको क्षणले देश र नागरिकको लागि काम गर्न प्रेरणा दिएको छ । अझ आत्मसम्मान र उचाइका साथ नागरिकलाई केन्द्रमा राखेर नै भूमिका निर्वाह गर्नेछु ।
मलाई थाहा थियो मैले यो ठाउँमा केही सुधारका कदमहरु उठाइरहेका बेला, नागरिकको हितमा काम गर्ने कुरा जोखिम र कठिनपूर्ण हुन्छ भनेर अनुमान गरेको थिएँ । यो अवधिमा थप अनुभूत गरेको छु ।
जति धेरै नागरिकको हितमा कम गर्न अग्रसर भइन्छ, त्यति नै कठिनाइको सामाना गर्नुपर्छ । यो बुझेर नै धेरै सुधारको प्रयत्नलाई अघि बढाएका थियौं । मन्त्रीमा रहनेभन्दा पनि काम महत्वपूर्ण थियो ।
नयाँ मन्त्री आउँदै हुनुहुन्छ । उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु । काम गरेर बाँच्ने अवसर प्राप्त गर्न जरुरी छ । यो काममा उहाँले महत्वपूर्ण सफलता प्राप्त गर्नुहुनेछ ।
सामाजिक सुरक्षा कार्यक्रममार्फत सबै श्रमिकलाई सुरक्षाको दायरामा ल्याउनुहुनेछ । गरिब युवामाथिको ठगीलाई नियन्त्रण गरेर गरिबलाई न्याय प्रदान गर्नुहुनेछ । यी काममा उहाँलाई मेरो सधैं साथ र सहयोग हुनेछ ।
मरो जिन्दगी नागरिकका लागि हो । म जति दिन रहनेछु, नागरिककै लागि रहनेछु ।
पार्टीको एउटा इमान्दार कार्यकर्ताको हिसाबले पार्टीको भूमिका अझ प्रभावकारी बनाउन एक असल सिपाईका हिसाबले काम गर्नेछु । श्रम क्षेत्रको समस्या बुझ्न र नागरिको काम गर्दा आउने कठिनाईलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्नुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
जोड दिएर भन्दछु, यो जिम्मेवारीमा रहँदा होस् या बाहिर रहँदा गरिबी, अभाव र बेरोजगारीमा बाँचिरहेका युवाहरु जहाँ जहाँ अन्यायमा पर्छन्, त्यहाँ त्यहाँ न्यायका लागि म आवाज उठाउनेछु ।
आत्मसम्मान जोगाएर म नागरिको हितमा अघि बढ्नेछु । परिवर्तनको, सुधारको र नागरिकको अपेक्षालाई पूरा गर्ने सकारात्मक पहलाई सफल पार्न सहयोग गर्ने देश भित्र र बाहिर रहेका सबैलाई ह्दयदेखि धन्यवाद दिँदै बिदा हुन्छ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।