कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – दशौं कोरियन भाषा परीक्षामा १२ हजार ९ जना पास भएका छन् ।
कृषि क्षेत्रमा २ हजार ८ सय ७६ र उत्पादनमूलक क्षेत्रमा ९ हजार १ सय ३३ परीक्षार्थी उत्तीर्ण भएका ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिनुभयो । यो वर्ष कृषि क्षेत्रमा ३७ नम्बरभन्दा माथि ल्याउने र उत्पादनमूलक क्षेत्रमा ३८ नम्बरभन्दा माथि ल्याउने उत्तीर्ण भएका छन् । गएको जेठ २५ र २६ गते भाषा परीक्षा भएको थियो । परीक्षाको नतिजा http://epsnepal.gov.np/ मा गएर हेर्न सकिन्छ ।
परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको थियो । भाषा परीक्षा र सीप परीक्षणमा पास हुने परीक्षार्थी रोजगार आवेदन दिनका लागि योग्य हुनेछन् ।
परीक्षामा पास हुँदैमा कोरियाको रोजगारी ग्यारेन्टी भयो भनेर ढुक्क नहुन प्रवक्ता भण्डारीले सबै परीक्षार्थीलाई आग्रह गर्नुभएको छ । पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ । कोरियाले १ दशकदेखि नेपालीलाई आफ्नो देश लैजाँदै आएको छ ।
यही माध्यमबाट कोरिया पुगेका हजारौं नेपाली अहिले कोरियामा कार्यरत छन् ।
हेर्नुहोस् रिजल्ट