नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका नेपालीको सुरक्षाका लागि निरन्तर पहल भइरहेको जनाएको छ ।
इजरायल र लेबनानबीच ठूलो युद्धको सङ्केत देखिएपछि विभिन्न देशले नागरिकको उद्धार गरिरहेका छन् । परराष्ट्र मन्त्रालयले पनि आज एक विज्ञप्ति निकालेर लेबनानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत रहेको भन्दै कुनै सहयोगको आवश्यकता परेमा इजिप्टको कायरोमा रहेको दूतावासमा सम्पर्क राख्न आग्रह गरेको छ ।
यस्तै दूतावासको वेबसाइटमा रहेको लिङ्कमा विवरण उपलब्ध गराउन पनि मन्त्रालयको आग्रह छ ।