६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) को उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा फारम भरेका सबैले सहभागिता जनाउन पाउने भएका छन् । पानीजहाजसम्बन्धी कामको परीक्षामा फेल भएका तर उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षाकाे फारम भरेकाहरु पनि समेटिने भएका छन् ।
वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विभाग (एचआरडी) बीचको बैठकले हिजो भाषा परीक्षासम्बन्धी विवाद टुङ्गो लगाएको हो । आउँदो माघ ६ गतेदेखि भाषा परीक्षा शुरु हुने र परीक्षा तीन चरणमा सम्पन्न हुनेछ । विभागका महानिर्देशक डन्डुराज घिमिरेले एक लाख ६४ हजार जनाले भाषा परीक्षा दिन पाउने बताउनुभयो ।
पहिलो चरणमा ४७ हजार, दोस्रो चरणमा ८० हजार र बाँकी तेस्रो चरणमा परीक्षामा सहभागी हुनेछन् । हरेक दिन एक हजार जनाको परीक्षा हुनेछ । पानीजहाज निर्माण अर्थात् शिप बिल्डिङ क्षेत्रमा पास नभएकाले गएको शुक्रवार पुस २० गतेसम्म उत्पादनमूलक क्षेत्रका लागि फारम भरेका थिए ।
फारम भर्न नपाएको विषयलाई लिएर पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटनामा दुई जना युवाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।