६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकको अधिकार संरक्षणका लागि पर्याप्त लगानी गर्न आग्रह गरेको छ । आयोगले सरकारसँग वैदेशिक रोजगारीमा गएकाले देशको अर्थतन्त्रलाई पुर्याएको योगदानको अनुपातमा उनीहरुको मानव अधिकार संरक्षणका लागि राज्यले पर्याप्त लगानी गर्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा पीडितको न्यायमा पहुँच पुर्याउन, वैदेशिक रोजगार व्यवस्थापनको विषयलाई राष्ट्रिय महत्त्वका साथ लिन सरकारको ध्यानाकर्षण गरिएको छ ।
आयोगले पछिल्लो समय युक्रेन, रुस, अफगानिस्तान, म्यानम्यारलगायत युद्धग्रस्त देशमा नेपाली जोखिमयुक्त अवस्थामा रहेको सूचना विभिन्न माध्यमबाट सार्वजनिक भएको र भारतमा जाने नेपाली श्रमिकको मानव अधिकार संरक्षण विद्यमान राष्ट्रिय कानुनले सम्बोधन नगरिनु अर्को समस्याका रुपमा रहेको जनाएको छ ।
यसवर्ष अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस नेपालमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरि मनाइँदैछ । आयोगले यसअघि अस्ति पनि विज्ञप्ति निकालेर रूस र युक्रेनबीचको युद्धमा परेका नेपाली नागरिकको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।