६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
बर्दिया – स्वास्थ्य मन्त्रालयले बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको आधारभूत नगरअस्पताललाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको छ ।
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले ठाकुरबाबा नगरपालिकामा सञ्चालित आधारभूत नगर अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।
विषालु सर्पको डसाइबाट बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका ठाकुरबाबा नगरपालिकासहितका पालिकाका गाउँगाउँमा वर्षेनी धेरै जना घाइते हुने र अस्पताल टाढा हुँदा समयमै उपचार नपाएर ज्यान जाने अवस्था रहेकोमा अब आधारभूत नगर अस्पतालबाट सर्पदंशको उपचार शुरुवात भएपछि नगरवासीलाई सहजता हुने मेयर तिलकराम लम्सालले बताउनुभयो ।
स्वास्थ्य सेवा विभागले स्वास्थ्य निर्देशनालय, लुम्बिनी प्रदेश र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनी प्रदेशलाई जानकारी गराउँदै ठाकुरबाबा आधारभूत नगर अस्पताललाई सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको मेयर लम्सालले बताउनुभयो ।
एमबिबिएस डाक्टरसहित चौबिसै घण्टा सेवा दिन शुरु गरेको ठाकुरबाबा आधारभूत नगर अस्पताल भुरिगाउँले सर्पदंश उपचार केन्द्र सञ्चालनको लागि अनुमति पाएसँगै अब केही दिनमा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक थप पूर्वाधार तयार गरी सेवा शुरु गरिने मेयर लम्सालले बताउनुभयो ।
विगत ३ वर्ष अघिदेखि नगरपालिकाको वडा नम्बर ३ नेउलापुर गाउँमा झण्डै २ बिगाह क्षेत्रफल रहेको जग्गामा १५ शय्याको नगर अस्पताल भवन निर्माणाधीन अवस्थामा छ । झन्डै ६ महिनामा संरचना निर्माणकार्य सकिने नगरपालिकाले जनाएको छ ।
यसअघि ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा पर्ने निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको पूर्व पश्चिम राजमार्गको सैनवार चेक पोष्टमा सर्पदंश उपचार भइरहे पनि बेलाबेला स्नेक भाइल अभाव हुँदा सर्पले डसेका बिरामीलाई भेरी अस्पताल नेपालगञ्ज लैजानु पर्ने बाध्यता रहेको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।