सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ – वैदेशिक रोजगारीमा जान काढेको ऋणको कारण परदेशीका परिवारमा मनोसामाजिक समस्या बढेको पाइएको छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारमा अत्यधिक पिर चिन्ताको लक्षण देखिएको र त्यसको प्रमुख कारण विदेश जान काढेको ऋण रहेको मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सिएमसी नेपालको तथ्याङ्कले देखाएको हो ।
सिएमसी नेपालले करिब पाँच वर्षकाे अवधिमा नौ हजार चार सय ८४ जनालाई सेवा दिँदा ७१.६६ प्रतिशतमा अत्यधिक चिन्ताका लक्षणहरू भएको पाइएको छ भने १२.७ प्रतिशतमा डिप्रेसनका लक्षणहरू पाइएको छ । ३.२ प्रतिशतमा भने आत्महत्या प्रयास र जोखिम पाइएको पनि सिएमसी नेपालले जनाएको छ ।
वैदेशिक रोजगारीमा गएका आफ्ना मानिसहरूको विभिन्न कारण मृत्यु वा कुनै समस्यामा परेका कारण ८.७ प्रतिशत परिवारका सदस्यमा भने आघातको समस्या पनि पाइएको छ ।
परदेशीका परिवारमा मनोसामाजिक समस्या बढ्नुको मुख्य कारण भने वैदेशिक रोजगारीमा जाने बेलामा काढेको ऋण रहेको पाइएको सिएमसीले जनाएको छ ।
यस्तै विदेशमा रहेका आफन्त हराएका कारण, परदेशीको मृत्यु भएको कारण र घरेलु हिंसाको कारण पनि परदेशीका परिवारमा मनोसामाजिक समस्या बढ्दै गएको छ ।
यसका साथै कमाउन गएको मानिस नै विदेशमा समस्यामा परेका कारण, परदेशीको स्वास्थ्यमा समस्या आएका कारण, विदेशमा भनेकोजस्तो काम र कमाइ नहुँदा र कामको बोझको कारण पनि परिवारका सदस्यमा मानसिक समस्या हुने गरेको पाइएको सिएमसीको तथ्याँङकले देखाएको छ ।
सिएमसी नेपालले सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत ३८ जिल्लाका १५६ पालिकामा वैदेशिक रोजगारीका कारण सिर्जित मानसिक समस्या सम्बोधनका लागि मनोपरामर्श सेवा सञ्चालनका लागि प्राविधिक सहयोग गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।