काठमाण्डौमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गयो

 साउन १७, २०८० बुधबार ७:२:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा हिजो भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

आपसी विवादमा कुटपिट हुँदा ललितपुर महानगरपालिका वडा नम्बर ९ बालकुमारी बस्ने सर्लाहीका ५३ वर्षका ज्ञानबहादुर भन्ने हिम परियारको ज्यान गएको छ ।

हत्या आरोपमा ललितपुर महानगरपालिका वडा नम्बर ९ बालकुमारी च्यासल बस्ने ४३ वर्षका शंकर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरले ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो।

यसैबीच काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ बस्ने सप्तरीकी ३८ वर्षकी अनिता चौधरीको धारिलो हतियार प्रहारबाट ज्यान गएको छ ।

हत्या आरोपमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ बस्ने ५२ वर्षका गौरा सिंह बोहरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया