प्रधानमन्त्री बार्नियरले विश्वासको मत पाउन नसकेपछि फ्रान्सको सरक...
मंसिर २०, २०८१ बिहिबार
काठमाण्डौ – क्यानडामा बितेको ५० वर्ष यताकै ठूलो वर्षा भएको छ ।
केही क्षेत्रमा सामान्यतया तीन महिनाको अवधिमा पर्ने पानी २४ घण्टा भित्रै परेको क्यानडाको मौसम विभागलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सरकारले जोखिमपूर्ण अवस्था रहेको भन्दै सर्वसाधारणहरूलाई खोजी तथा उद्धार कार्यमा समावेश नहुन अपिल गरिएको छ ।
नोभा स्कोटिया क्षेत्रमा भएको भारी वर्षापछि दुई बालबालिकासहित चारजना बेपत्ता भएका बीबीसीले जनाएको छ ।
झण्डै ८० हजार मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । यस वर्ष भारी वर्षा, औसत तापक्रम, समुद्रको तापमान लगायतका मौसमजन्य गतिविधिहरुमा एकैपटक नयाँ किर्तिमानीहरु बन्न थालेका छन् ।
यो विश्वकै लागि चुनौतीको विषय भएको वैज्ञानिकहरुको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।