६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - हिजोसम्म सामान्य रहेको काठमाण्डौ चन्द्रागिरि नगरपालिका–९ का स्थायी बासिन्दा शैलेष आचार्यको दैनिकी अब एक महिनाका लागि एकदमै व्यस्त बन्दैछ । कारण हो आजदेखि काठमाण्डौको चन्द्रागिरि नगरपालिका–९ को मच्छेगाउँमा रहेको मत्स्यनारायण मन्दिरमा सुरु भएको मच्छेनारायणको मेला ।
पितापुर्खादेखि गर्दै आएको मच्छेनारायणको पुजारीको काम उहाँले थालेको करिब ३४ वर्ष भयो । यो ३४ वर्षमा उहाँले झण्डै ९/१० वटा मेला बेहोर्नु भयो । मेलामा झण्डै २० लाख भक्तजन आउने अनुमान गरिएको पुरुषोत्तममास मेला व्यवस्थापन समितिले जनाएको छ । यसबाट पनि पुजारी आचार्यको व्यस्तता अनुमान गर्न सकिन्छ ।
मच्छेनारायणमा प्रत्येक पुरुषोत्तममास वा मलमासमा एक महिना लामो मेला लाग्ने गर्छ । प्रत्येक पाँच वर्षमा दुई पटक वा तीन वर्षमा एक पटक मच्छेनारायणमा मेला हुने गर्छ । पुरुषोत्तममास अर्थात् मलमासमा अरु कुनै शुभकार्य तथा देवकार्य गर्ने गरिँदैन । भगवानको देवकार्य नहुने समयमा मच्छेनारायण मन्दिरमा भने एक महिने मेला लाग्ने हुँदा पनि यसको धेरै ठूलो महत्त्व रहेको आचार्यले बताउनुभयो । मेलामा काँसको थालमा मालपुवा हालेर दान गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ ।
कथनअनुसार सत्य युगमा सत्यव्रत राजाले जप, पाठ, ध्यान गर्दा हातमा माछा आयो । अनि माछालाई संरुक्षण गर्ने क्रममा मच्छेनारायणमा तीन वटा कुवा खन्नुभयो । तीन वटा कुवामध्ये सुवर्णकुण्डमा मन्दिर स्थापना भयो । मन्दिरको अगाडि भने मच्छेकुण्ड र पछाडि नागकुण्ड रहेको छ । यदि नागकुण्डको पानी कसैले स्नान गर्छ, ग्रहण गर्छ भने सम्पूर्ण दीर्घ रोगीहरुको रोग निको हुने, घाउ, खटिरा निको हुने किंवदन्तीसमेत रहेको छ । यसकारण पनि मच्छेनारायणको ठूलो महत्त्व रहेको पुजारी आचार्य बताउनुहुन्छ ।
मलमासलाई अलि नराम्रो महिनाकोरुपमा सोच्न थालिएकोले भगवान पुरुषोत्तमले मलमासमा आएर उत्तम बनाउनु भएकोले यसलाई पुरुषोत्तम महिना भन्ने गरिएको शास्त्रीय मान्यता छ ।
भगवान श्री मच्छेनारायणले नारायणको पहिलो अवतार मत्स्य अवतारको दर्शन गराउनु भएको स्थान भएको हुँदा पनि यहाँ लाग्ने मेलाको बेग्लै धार्मिक तथा अध्यात्मिक महत्त्व रहेको पनि आचार्यले जानकारी गराउनु भयो ।
मच्छेनारायण मन्दिर लिच्छविकालमा राजा मानदेवको पालामा सुरुवातमै बनेको आचार्यले बताउनु भयो । जुन घण्ट आकारमा र प्यागोडा शैलीमा बनेको छ । मन्दिर भित्र रहेको मूर्ति साक्षात नारायण तथा चतुर्बाहु शङ्ख, चक्र, गदा, पद्म लिएको र मुनि आधा माछा अनि माथि चर्तुबाहु नारायण भएको हुनुहुन्छ । दायाँबायाँ भने उमामहेश्वर, गणेश र पाञ्चायन देवता पनि भित्रै हुनुहुन्छ । मन्दिरभित्र कलात्मक मूर्ति रहेको छ । मन्दिर पछाडि रिशेश्वरको महादेव रहेको छ ।
मच्छेनारायणमा रहेको गोपालीहरुको पुर्खाकोरुपमा गोपाललाई मानिन्छ । जुन भगवान कृष्णले भञ्ज्याङबाट प्रवेश गर्ने क्रममा तलाउ रहेको मच्छेनारायणमा पानी बाहिर पठाएपछि मच्छेनारायणमा बस्ती बसेको मानिन्छ । लिच्छविकालमा मन्दिर बन्यो । मल्लकालमा धारा तथा मूर्तिहरु थप भएको तथा शाहवंशमा आएर मन्दिरको संरक्षण गर्ने, गुठी सञ्चालनका लागि जग्गा छुट्याउने, पूजा चलाउने, जात्रा चलाउने काम भएको प्रमाण रहेको आचार्यले बताउनु भयो ।
भगवानको पहिलो रुप माछा वा मत्स्य अवतारकोरुपमा भएको हुँदा मच्छेनारायण पहिलो तीर्थस्थल र यस्तो खालको मूर्ति विश्वमा अन्त कहीँ नभएकाले यसलाई विश्वसम्पदा सूचिमा समावेश गर्न पहल भइरहेको पनि आचार्यले बताउनु भयो ।
साँघुरो ठाउँ, भक्तजनको भिडभाड, पार्किङ, सुरक्षा तथा मेलाको मौका छोपेर धेरैले भिडभाडको फाइदा उठाउन सक्ने हुनाले मेला व्यवस्थापनको लागि समितिसमेत गठन गरिएको छ । संयोजक हुनुहुन्छ चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष अच्युत अधिकारी । समितिलाई नाम दिइएको छ पुरुषोत्तममास मेला व्यवस्थापन समिति ।
सत्यव्रत राजालाई हयग्रिव दानवले ठूलो दुःख दिएपछि त्यसबाट पृथ्वीको रक्षा गर्न तथा भगवान ब्रह्माले गनुभएको सृष्टिको रक्षा गर्न मत्स्य अवतार धारण गर्नुभएकोले मेलाको बेग्लै महत्त्व रहेको पनि संयोजक अधिकारीले बताउनु भयो ।
पुरुषोत्तम महिनालाई मच्छेनारायण भगवानले उत्तम बनाउनु भएकोले पनि मलमासमा यस मन्दिरमा आएर दर्शन गर्नु शुभ मानिन्छ । मलमासमा कुनै शुभकार्य हुँदैन । पितृकार्य अन्तर्गत मलमासमा न्वारन र किरिया भने हुने गर्छ । तर देवकार्य तथा अरु शुभकार्य जस्तै विवाह, व्रतबन्ध तथा अन्य पूजाआजा भने हुँदैन । त्यसकारणले मलमासमा मच्छेनारायण मन्दिरमा गएर दर्शन गर्दा पाप नाश हुने र मनको इच्छा पूरा हुने, दान गर्दा अश्वमेध यज्ञ गरे जत्तिको पुण्य मिल्ने किंवदन्ती रहेको छ ।
मन्दिरमा भक्तजनलाई सहज दर्शनका लागि व्यवस्थापन समितिले पार्किङ, पूजासामग्री बेच्ने ठाउँको बेग्लै व्यवस्थापन गरेको पनि संयोजक अधिकारीले जानकारी गराउनुभयो । मन्दिरसँगै रहेको कृष्ण मन्दिरमा कृष्ण अष्टमीमा मेला पनि लाग्ने गर्छ । सँगै रहेको विष्णुदेवी मन्दिरमा सात गाउँको जात्रामा यहाँ पनि जात्रा हुने गर्छ ।
काठमाण्डौको दक्षिण पश्चिम चन्द्रागिरि नगरपालिका–९ मा रहेको मच्छेनारायण मन्दिरमा जानका लागि सार्वजनिक बसबाट रत्नपार्कबाट कीर्तिपुर हुँदै जान सकिन्छ । साथै कलङ्की, सतुङ्गलबाट पनि मन्दिरमा जान सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।