पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ । अहिलेसम्म २ लाख ६० हजार ८२ जना श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ ।
सरकारले गएकाे चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो । याे व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिनुअगावै कोषमा सूचीकृत हुनुपर्नेछ । कोषमा औपचारिक क्षेत्रका ४ लाख २३ हजार ९२ श्रमिक आबद्ध भएका छन् ।
कोषमा अहिलेसम्म औपचारिक र वैदेशिक क्षेत्रका गरी कुल ६ लाख ३९ हजार एक सय ७४ श्रमिक सूचीकृत भएका छन् । कोषले विभिन्न सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई पाँच अर्ब एक करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
कोषमा १८ हजार रोजगारदाता सूचीकृत भएका कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म ३६ अर्ब २६ करोड रुपैयाँ योगदान रकम सङ्कलन भएको छ । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ ।
कोषले औपचारिक क्षेत्रका श्रमिकका तर्फबाट मासिक ११ प्रतिशत र रोजगारदाताबाट २० प्रतिशत योगदान रकम सङ्कलन गर्दै आएको छ । कोषबाट अहिलेसम्म ८८ हजार पाँच सय ८५ योगदानकर्ताले विभिन्न सुविधा लिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Hirajan Tamata
July 16, 2023, 8:18 p.m.गर्ने हो