६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
विश्व कप क्रिकेट छनोट चरण अन्तर्गत लिग–२ को खेल त्रिवि क्रिकेट मैदानमा चलिरहँदा त्यहाँ उपस्थित दर्शकको भिडका कारण पनि आइसीसी तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नेपाल छायो । तर, दर्शकका कारण छाएको चर्चालाई खेलले पुष्टि गरेन भने त्यो सीमित समयको लागि मात्र हुन्छ । यस पटक दर्शकले मात्र नेपाली क्रिकेटको समर्थन गरेनन् नेपाली क्रिकेटले पनि दर्शकलाई भरपुर, मनोरञ्जन र खुशी दिलायो । उच्च सम्मान प्रकट गर्ने अविश्वसनीय नतिजा दिएर वर्षको अन्ततिर क्रिकेटले ‘ह्याप्पी एन्डिङ’ दियो ।
‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको अंश नेपाली क्रिकेटको सन्दर्भमा पनि चरितार्थ भएको छ । यसै वर्षको अन्तिममा सात देश सम्मिलित विश्व कप क्रिकेट लिग–२ अन्तर्गत विश्व कप छनाेटको लागि नेपाललाई १२ खेलमा ११ जित आवश्यक थियो । खेलमा जुन लक्ष्य सामान्यतया असम्भव झैँ मानिन्छ र लाग्छ पनि । त्यसमा पनि नेपालको यस अगाडिको प्रदर्शनलाई आधार बनाएर यसो भनिएको थियो ।
तर, असम्भव भन्ने केही हुँदैन भनेजस्तै नेपाल १२ मध्ये ११ खेल जितेर विश्कप छनाेटको बाटोमा पुग्यो । चैत २ गते त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य सुरुमा अलि कठिन झैंँ लागेको थियो । यसअघि नेपालले यति ठूलो लक्ष्य पच्छ्याएको थिएन । त्यसमाथि यूएई नेपालको बाटोमा अन्तिममा सधैँ तगारो बन्ने गरेको थियो । तर, डकवर्थ लुइस मेथडबाट खेल ९ रनले जित्दै नेपाल इतिहास रच्दै विश्व कप छनाेटमा पुग्न सफल भयो ।
यस वर्षको पुस/माघतिर लिग–२ मा खेलेको ९ खेलमध्ये नेपालले एउटामा मात्र जित निकालेको थियो । यस अर्थमा पनि नेपालले शीर्ष ३ मा रहेर विश्व कप छनाेटको यात्रा त धेरै टाढाको कुरा शीर्ष ५ मा रहेर एकदिवसीय मान्यता जोगाउनु पनि ठूलो उपलब्धि मानिन्थ्यो । यसकारण चार वर्ष अगाडि सन् २०१९ मा विश्व कप क्रिकेट लिग–२ खेल्दा नेपालको पहिलो उद्देश्य भनेकै एकदिवसीय मान्यता जोगाउनु थियो ।
यसक्रममा नेपालले प्रशिक्षककारुपमा ३ जनालाई भित्र्यायो, श्रीलंकाली मुलका क्यानेडियन नागरिक पुबुदु दसानायके, पूर्व भारतीय अलराउण्डर मनोज प्रभाकर र अहिलेका प्रशिक्षक भारतीय नागरिक मोन्टी देशाई ।
दसानायकेले केही सफलता दिलाए पनि नेपालको लिग–२ मा सबैभन्दा खराब प्रदर्शन भने मनोज प्रभाकरको प्रशिक्षणको दौरान रह्यो । यसैक्रममा खेलाडीबीचको मनमुटाव, खेलाडी र प्रशिक्षकबीचको विवाद अनि नेपाल क्रिकेट संघ (क्यान)को आन्तरिक किचलोका कारण नेपाली क्रिकेटले सफलताभन्दा धेरै असफलता व्यहोरेको थियो ।
शायद यही कुरालाई नियालिरहेका कारण हुनसक्छ देशाइले भने आउने बित्तिकै सबैभन्दा पहिलो अस्त्रकोरुपमा ‘ह्याप्पी ड्रेसिङ रुम’को सूत्र लिएर आए जुन चामत्कारिक साबित भयो । एकदिवसीय मान्यता जोगाउनै महाभारत भइरहेको समयमा देशाइले एकदिवसीय मान्यतामात्र नभएर नेपाललाई एकदिवसीय विश्व कपको छनोटमा पुर्याउन पनि सफल हुनुभयो ।
यसै वर्ष क्यानले नेपाल टी २० लिगसमेत आयोजना गर्यो । तर, म्याच फिक्सिङ प्रकरणले गर्दा प्रतियोगिता सम्झनभन्दा बिर्सन लायक धेरै रह्यो । नेपाल टी २० लिगमा स्थानीय खेलाडीले आफ्नो प्रतिभा देखाउने राम्रो अवसर त पाए तर, पारिश्रमिक विवाददेखि म्याच फिक्सिङ प्रकरणले प्रतियोगिताले नकारात्मक चर्चा बढी पायो ।
फुटबलका लागि वातावरण सुखद रहे पनि नेपालको सन्दर्भमा परिणाम भने सोचेजस्तो आइरहेको छैन । अलि अगाडि खेलाडीलाई पारिश्रमिक भएन, अवसर भएन अनि कसरी खेल्न सक्छन् त भन्ने एक प्रकारको सहानुभूति थियो नेपाली खेलाडीप्रति आम नागरिकको । तर, सुविधा, पारिश्रमिक र अवसर पाउँदा पनि खेलाडीको स्तर सुध्रिएन भनौँ वा परिणाम सुखद दिन सकेनन् । हुनत यसमा खेलाडीलाई मात्र दोषारोपण गरेर नहोला । तर, जे होस् फुटबलमा लगानी र आश दुवै हुँदाहुँदै पनि वर्ष २०७९ सुखद रहेन । त्यसमाथि राष्ट्रिय स्तरका ४० जना खेलाडी पलायन हुँदा नेपाली फुटबलका लागि वर्ष २०७९ चरम निराशा र चिन्ताको वर्षकोरुपमा रह्यो ।
साफ च्याम्पियनसीपमा राम्रो नतिजासँगै चर्चामा आएका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मानसिक दबाब दिएको आरोप लगाउँदै तत्कालीन राष्ट्रिय टोलीका रोहित चन्द, अन्जन विष्ट, अनन्त तामाङ, विशाल श्रेष्ठ, विशाल राईलगायतका ९ खेलाडीहरुले बन्द प्रशिक्षण बहिष्कार गरेका थिए । यसले अल्मुताइरीलाई पद छोड्न दबाब परेको थियो । तर, पनि छोड्ने मनस्थिति नबनाएका अल्मुताइरीलाई पंकज नेम्बाङ नेतृत्व आएपछि भने झनै दबाब पर्यो । कारण कर्माछिरिङ शेर्पा नेतृत्वमा रहँदा अल्मुताइरी नेम्बाङको विपक्षमा थिए ।
एन्फाका पूर्व अध्यक्ष गणेश थापाले फुटबलमा एकाधिकार जमाए । आफ्नो रौब देखाए । भ्रष्टाचार गरे । आफ्ना नजिककालाई अनुचित अवसर दिए भनेर निरन्तर विरोधमा रहेका कर्माछिरिङ शेर्पा र पङ्कज नेम्बाङ नेतृत्वमा आए पनि उपलब्धि भने खासै देखिएन । तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पा थापामाथि जुन जुन दोष थोपरेका थिए त्यो उनको पालामा पनि उस्तै रह्यो । गएको असारमा भएको चुनावमा छिरिङलाई हराउने मुख्य भूमिका थापा समर्थकहरुकै रह्यो । नेम्बाङले चुनाव त जिते तर ए डिभिजन लिगलगायत फुटबलको विकासका लागि गर्नुपर्ने नियमित काम गर्न नै उनलाई हम्मे हम्मे परेको छ ।
प्रशिक्षक, नेतृत्व अथवा खेलाडीबीच नै विवाद भए पनि त्यसलाई बसेर सल्टाउन सकिएला । प्रशिक्षक र नेतृत्व र फेर्न पनि सकिएला । तर, खेल्नै खेलाडी नै नभएपछि के गर्ने ? अहिले नेपालको फुटबलमा भएको सबैभन्दा ठूलो चिन्ताको विषय भने यही हो । अन्य क्षेत्रका जनशक्ति पलायनको कुरा चलिरहँदा यो वर्षको अन्तसम्म करिब ४० जना राष्ट्रिय स्तरका खेलाडीहरु विदेश पलायन भइसके । यसले नेपाली फुटबल नराम्रोसँग प्रभावित हुन पुगेको छ । यसको असर हालै लाओस र भुटान सम्मिलित भएको थ्रि नेशन्स कपमा नेपाली फुटबलको प्रदर्शनबाट पनि सहजै जानकारी पाउन सकिन्छ ।
तेज तामाङ्ग, सन्तोष तामाङ, सुमन लामा, सुमन अर्याल, दिनेश राजवंशी, अभिषेक रिजाल, आशिष लामा, सुनिल बल, विशाल राई, सुजल श्रेष्ठलगायत राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीसमेत विदेश पलायन हुँदा यो वर्ष नेपाली खेलाडीका लागि निकै चिन्ताको वर्ष रहन गयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।