डोटीमा प्रतिनिधि सभा सदस्यमा आले विजयी : प्रदेश सभामा एमालेका मल्ल र माओवादीका ओलीको जित

 मंसिर ८, २०७९ बिहीबार ८:१०:२४ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीमा प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार प्रेमबहादुर आले विजयी हुनुभएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार आले निर्वाचित हुनुभएको हो ।

उहाँले नेकपा एमालेकी उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले पराजित गर्नु भएको हो । आलेले २७ हजार २१० मत प्राप्त गर्नु भएको छ भने गौरीले २३ हजार ४ मत ल्याउनुभयो ।

स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी, डोटी प्रदेश सभा ‘१’ मा नेकपा एमालेका उम्मेदवार चक्र मल्ल विजयी हुनुभएको छ । लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी हुनुभएको हो।

मल्लले १५ हजार २७९ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सिंहले १४ हजार ८२९ मत प्राप्त गर्नु भएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह ओली प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ । डोटीको प्रदेश निर्वाचन क्षेत्र २ बाट ओली विजयी हुनुभएको हो । उहाँले १४ हजार ४७ मत प्राप्त गर्नुभएको छ ।

माओवादी केन्द्रका उम्मेदवार ओलीले एमालेका उम्मेदवार टेकबहादुर बमलाई पराजित गर्नु भएको हो । बमले १३ हजार १२८ मत प्राप्त गर्नुभएको छ । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया