पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
सर्लाही – सर्लाहीको पर्सा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र राय निर्वाचित हुनुभएको छ ।
उहाँले ४ हजार ४ सय ६६ मत ल्याउँदा प्रतिस्पर्धी जनता समाजवादी पार्टीका (जसपा) का उम्मेदवार दिनेश कुमार यादवले १ हजार ८ सय ५८ मत मात्र प्राप्त गर्नुभएको छ।
त्यसैगरी उप प्रमुखमा पनि नेपाली कांग्रेसकै नतुन देवी २ हजार ३९ मत प्राप्त गरी निवार्चित हुनुभएको छ । उपप्रमुख देवीका निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार नसरुल खातुनले एक हजार ४१ प्राप्त गर्नुभएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।