काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
भक्तपुर – भक्तपुर नगरपालिकाको प्रमुखमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति फराकिलो मतान्तरले विजयी हुनुभएको छ । उहाँले २९ हजार २ सय ५२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ४ सय ७ मत मात्र प्राप्त गर्नुभएको छ ।
एमालेका रवीन्द्र लाछिमस्युले भने २ हजार ८ सय ४१ मत मात्रै पाउनुभएको छ । यस्तै उपप्रमुखमा पनि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) कै रजनी जोशीले पनि २९ हजार ७ सय ५९ मत सहित फराकिलो अन्तरले विजयी बन्नुभएको छ ।
भक्तपुरको वडा नम्बर एक देखि १० सम्मको वडाअध्यक्षमा पनि नेपाल मजदुर किसान पार्टीले नै जितेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।