रास्वपा सभापति रवि लामिछानेलाई काठमाण्डौबाट चितवन लगियो
मंसिर १८, २०८१ मंगलबार
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूलाई डलरको विकल्प नखोज्न चेतावनी दिनुभएको छ । राष्ट्रपति ट्रम्पले डलरको विकल्प खोज्ने प्रयास गरिरहेका ब्रिक्स राष्ट्रहरूलाई शतप्रतिशत आयात शुल्क लगाउने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।
ब्रिक्समा विश्वका दुई ठूला उदीयमान अर्थतन्त्र चीन र भारत पनि पर्छन् । ट्रम्पले सामाजिक सञ्जाल एक्समार्फत ब्रिक्स देशहरूले डलरको विकल्प खोज्न गरिरहेको प्रयासलाई अमेरिकाले मूकदर्शक बनेर हेर्न नसक्ने बताउँदै डलरको विकल्प खोजेमा शतप्रतिशत करको सामना गर्नुपर्ने चेतावनी दिनुभएको हो । ट्रम्पले ब्रिक्स राष्ट्रहरूले अमेरिकी डलरलाई चुनौती दिन खोजे उनीहरूलाई अमेरिकी बजारमा आफ्ना उत्पादनहरू बेच्न रोक लगाउनुपर्ने बताउनुभएको छ ।
गएको अक्टोबरमा रुसको कजान शहरमा ब्रिक्सको बैठकका क्रममा सदस्य राष्ट्रहरूबीच सीमापार भुक्तानीका लागि नयाँ प्रणाली विकास गर्नेबारे छलफल भएको थियो । तर बैठकमा ब्रिक्सको साझा मुद्रा ल्याउने विषयमा कुनै छलफल भएन ।
चुनावी अभियानका क्रममा ट्रम्पले गरेका वाचामध्ये चिनियाँ उत्पादनमा ६० प्रतिशतसम्म भारी शुल्क लगाउने विषय पनि समावेश थियो । ट्रम्पको घोषणापछि विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध चर्किने डर बढेको छ ।
ब्रिक्स राष्ट्रमा चीन, भारतसहित ब्राजिल, रुस र दक्षिण अफ्रिका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।