परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
अमेरिकामा गर्भपतनसम्बन्धी कानुन रद्द गर्ने मनसाय समेटिएको सर्वोच्च अदालतको दस्ताबेज बाहिरीएको छ । सर्वोच्च अदालतले ‘रो भर्सस वेड’ मुद्दामा निर्णय उल्टाएमा २२ राज्यमा गर्भपतन गैरकानुनी हुनेछ ।
‘रो भर्सस वेड’ भनेको सन् १९७३ मा अमेरिकामा गर्भवती भएको पहिलो तीन महिनामा गर्भपतन गर्न पाउने अधिकार दिएको निर्णय हो । पोलिटिकोमा ९८ पानाको दस्ताबेज छापिएपछि डेमोक्र्याटले यसको विरोध गरेका छन् भने सर्वोच्च अदालत अगाडि गर्भपतन अधिकारको पक्ष र विपक्षमा प्रदर्शन भएका छन् । प्रधान न्यायाधीश रोबट्र्सले दस्ताबेज कसरी चुहिन पुग्यो भन्नेबारे अनुसन्धान गर्न निर्देशन दिन सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ ।
अमेरिकी सर्वोच्च अदालतले गर्भपतन अधिकारसम्बन्धी कानुन उल्ट्याइदिन सक्ने मस्यौदा गोप्य रुपमा बाहिरीएपछि स्तब्ध बनाएको अमेरिकी अधिकारीको भनाइ छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्भपतनसम्बन्धी अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिनुभएको छ । साथै उहाँले नागरिकलाई आवाज बुलन्द गर्न आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।