पालिका चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु

 वैशाख ११, २०७९ आइतबार १२:२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आउँदो ३० गते हुने पालिका चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । केही दल आफ्नो उम्मेदवारी दर्ता गर्न निर्वाचन समितिको कार्यालय पुगेका छन् । सत्ता गठबन्धनले भने  धेरैजसो ठाउँमा भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ ।

केही ठाउँ बाहेकमा साझा उम्मेदवार तय भइनसकेकाले भोलि मात्रै उम्मेदवारी दिने तयारी भएको गठबन्धनले जनाएको छ । यस विषयमा थप छलफल गर्न आज दिउँसो ३ बजे गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको बैठक बस्दैछ ।

आज र भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चुनावमा सहभागी हुने उम्मेदवारले मनोनयन दर्ता गर्न पाउने छन् । उम्मेदवारले एक जना समर्थक र एक जना प्रस्तावकको हस्ताक्षरसहित निर्वाचन अधिकृत समक्ष मनोनयन दर्ता गराउनु पर्छ ।

मनोनयन पत्रका साथ उम्मेदवारले कुनै प्रकारको सरकारी सेवा तथा सुविधा नलिएको स्वघोषणा गर्नुपर्छ । २१ वर्ष उमेर पुगेका नेपाली नागरिकले पालिका चुनावमा कुनै पनि पदमा उम्मेदवार बन्न पाउँछन् ।

३० गते मतदान हुनुपूर्व उम्मेदवारी फिर्ता, उम्मेदवारमाथि दाबी–विरोधलगायतका प्रक्रिया हुनेछन् । १७ गते अन्तिम उम्मेदवारको नामावली प्रकाशित हुनेछ । निर्वाचन आयोगले मनोनयन दर्ता व्यवस्थित ढङ्गले सम्पन्न गर्न अपिल गरिसकेको छ । 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया