दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुङ्गाले लागेर दैलेखमा एक जनाको ज्यान गयाे

 चैत ३, २०७८ बिहीबार २०:०:१२ | अमर सुनार
unn.prixa.net

दैलेख – दाउरा काट्दै गर्दा भिरबाट खसेको ढुङ्गाले लागेर दैलेखमा एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिका ६ वडा कार्यालयका कार्यालय सहयोगी गणेशबहादुर खत्रीको ज्यान गएको बेस्तडा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) खगिराम सारुले जानकारी दिनुभयो ।

घर नजिकैको दाडीखोला जङ्गलमा रुखमा चढेर दाउरा काट्दै गर्दा भिरबाट खसेकाे ढुङ्गाले टाउकाेमा लागेर घाइते भएका खत्रीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा ज्यान गएकाे असई सारुले बताउनुभयो ।

खत्री भाइ र छिमेकीसहित दाउरा काट्न जङ्गलमा जानुभएकाे थियाे । 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया