दमाैली बजारकाे आगाे निभाउन हेलिकप्टर प्रयाेग, आगाे फैलिन नदिन ४ वटा घर भत्काइयाे

 फागुन २२, २०७८ आइतबार १३:३६:० | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ – तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा लागेको आगो निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । आज बिहान १० बजेदेखि लागेको आगो निभाउन नसकिएपछि काठमाण्डाैबाट हेलिकप्टर र पोखरा महानगरपालिकाबाट थप दमकल ल्याएर आगो निभाउन थालिएको हो ।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलिकप्टर मगाइएको हो । अबको एक घण्टा जतिमा आगो पूर्णरूपमा नियन्त्रणमा आइसक्ने तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार आगो थप फैलिन नदिनका लागि चार वटा घर भत्काइएको छ । 

प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन । प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले आगो निभाउने प्रयास भइरहेको बताउनुभयो । आगो निभाइसकेपछि मात्र क्षतिको विवरण सङ्कलन गरिने पनि प्रहरीले जनाएको छ । 

तस्बिर : कृष्ण न्याैपानेकाे फेसबुकबाट

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया