सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
डोटी – डाेटीकाे दिपायलमा रहेकाे सेती प्राविधिक शिक्षालयमा भएको अनियमितताका विषयमा छानबिन सुरु भएकाे छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उपनिर्देशक देवसिंह धामीको नेतृत्वमा छानबिन सुरु भएकाे हाे । शिक्षालयमा आर्थिक लगायत अन्य विभिन्न विषयमा अनियमितता भएको भन्ने उजुरी परेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भक्तपुरले धामीको नेतृत्वमा छानबिन समिति खटाएको हो ।
समितिले आज मङ्गलवारदेखि आफ्नो काम सुरु गरेको संयोजक धामीले जानकारी दिनुभयो । याे समितिमा जिल्ला प्रशासनले लेखा शाखाबाट एक जना, कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाट एक जना इन्जिनिएर खटाइएको छ । समितिले छानबिनका लागि आवश्यक कागजातहरू सङ्कलन गरेको छ । समितिले विशेष गरेर भवन निर्माणमा भएको अनियमितता, शिक्षालय प्रमुख वीरेन्द्रबाबु यादवले कुखुराका चल्ला खरिदमा गरेको बार्गेनिङ, विद्यार्थी भर्नामा भएको आर्थिक अनियमिततालगायतका विषयमा छानबिन गर्ने संयोजक धामीले बताउनुभयो ।
यसैगरी विद्यार्थीको पाेसाक खरिद, शिक्षालयमा अहिलेसम्म खरिद भएका मेशिनरी सामग्री, एग्रोभेटका सामग्री, मसलन्द, गाडी मर्मत तथा तेल खर्च, शैक्षिक सामग्री खरिद लगायतका ठाउँमा पनि आर्थिक अनियमितता भएको भन्ने उजुरी परेकाले यस विषयमा पनि छानबिन गरिने भएको छ । आर्थिक अनियमितताको आरोपपछि शिक्षालय प्रमुख यादवलाई प्रमुखको जिम्मेवारीबाट हटाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।