काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
बाँके – बाँकेको नरैनापुर गाउँपालिका ४ पण्डितपुरुवामा बाघकाे आक्रमणबाट एक जनाकाे ज्यान गएकाे छ । हिजाे शनिवार राति स्थानीयवासी लखन गडरियाको शव भेटिएकाे इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वसन्त गौतमले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार गाई चराउन गएकाे २५ गते जङ्गल जानुभएका लखन फर्केर नआएपछि खोजी गर्दा हिजाे राति जङ्गलमा उहाँकाे शव भेटिएकाे हाे । उहाँकाे पिठ्यु भाग बाघले खाएको, घाँटी र शरीरका अन्य भागमा नङ्ग्राले कोतरेको छ ।
बाघले एउटा गाईसमेत मारेको प्रहरीले जनाएकाे छ ।
बाँकेमा पछिल्लो दुई महिनामा बाघले मान्छेलाई आक्रमण गरेकाे याे दाेस्राे पटक हो । यसअघि भदौ अन्त्यमा राप्ती–सोनारीमा बाघको आक्रमणमा एक जनाकाे ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।