पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - पद्मश्री साधना सम्मान–२०७७ बाट यस वर्ष भजन शिरोमणि भक्तराज आचार्य सम्मानित हुनुभएको छ ।
खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले विशेष समारोहकाबीच नगद तीन लाख रुपैयाँसहित सम्मानपत्रद्वारा भजन शिरोमणि आचार्यलाई सम्मान गर्नु भएकाे हाे। त्यस्तै पद्मश्री साहित्य पुरस्कार–२०७७ बाट यस वर्ष आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ ।
यो पुरस्कारको राशि पनि तीन लाख रुपैयाँ नै रहेको छ । आख्यानकार दाहालले मोक्षभूमि औपन्यासिक कृति मानव सभ्यतामा मुक्ति चाहनेहरुको सङ्घर्षको कथा भएको र आउँदाे दिनमा पनि राजनीतिबाहेक लेखन क्षेत्रमा पनि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले प्रतिष्ठानमार्फत २०६३ देखि सम्मान र पुरस्कार प्रदान गर्दै आएको र आउँदाे वर्षबाट तीन लाख राशिकै पद्मश्री समाज सम्मानबाट पनि विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान गर्ने बताउनुभयो ।
फाेटाे : गायक सत्यराज आचार्यकाे फेसबुक
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।