अलैँचीको भाउ बढेपछि पाँचथरका किसान हर्षित

 भदौ २०, २०७८ आइतबार १४:४५:२६ | उपेन्द्र येक्तेन
unn.prixa.net

फाइल तस्बिर

पाँचथर – विगत ८ वर्षयता निरन्तर ओरालो लागेको पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् । 

प्रतिमन (४० किलो) को १ लाख २० हजार रुपैयाँमा अलैंची बिक्री गरेका किसान भाउ बर्सेनि घट्दै गएपछि निराश बनेका थिए । तर यसवर्ष सिजनको सुरुवातमै भाउमा वृद्धि हुँदै जान थालेपछि किसान आशावादी बनेका हुन् ।

पाँचथर जिल्लामा अहिले अलैँची प्रतिमन ३४ देखि ३७ हजार रुपैयाँ सम्ममा कारोबार भइरहेको अलैँची व्यवसायी संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारीले बताउनुभयो । गएकाे वर्ष यही समयमा अलैँचीको भाउ प्रतिमन २६ हजार रुपैयाँ रहेको थियो । 

भाउ बढे पनि अलैँचीमा लागेको डरुवा रोग, गानो कुहिने लगायतका रोगले यसवर्ष जिल्लामा अलैँची उत्पादनमा भने ह्रास आउने सम्भावना रहेको उहाँको भनाई रहेको छ । उत्पादनमा ह्रास आउने भएकाले माग बढ्न सक्ने र भाउ अझै बढ्न सक्ने अधिकारीको भनाई रहेको छ । अलैँचीको कारोबार हुने मुख्य सिजन असोज, कात्तिक र मंसिर महिना हो । 

उचित मूल्यको पर्खाइमा रहेका किसानको अलैँची घरमै थन्किएको छ । गएको वर्षको तुलनामा भाउ बढ्दै गएपछि किसानमा केही आशा पलाएको फालेलुङका अलैँची किसान यामबहादुर लिम्बू बताउनुहुन्छ । उचित मूल्य पाउने आशामा किसानले तीन/चार वर्षदेखि अलैँचीलाई गोदाममा थन्काएर राखेका छन् ।

अलैँची विकास केन्द्र फिक्कल इलामका अनुसार पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा ४ हजार १ सय ५०  हेक्टरमा अलैँची खेती हुने गर्दछ । जुन नेपालमै सबैभन्दा धेरै हो । यस्तै पाँचथरमा १ हजार ७ सय  ३७ र इलाममा १ हजार २ सय हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको छ । नेपालको अलैँची भारत हुँदै तेस्रो देशसम्म निर्यात हुने गरेको छ ।

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Prakash Baniya

    Oct. 5, 2021, 10:45 a.m.

    I want sell please direct inbox me only byer can direct massage me

  •  0 Reply

तपाईको प्रतिक्रिया