सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र तहसनहस भएको छ ।
हिजो दिउँसोदेखिको बाढीले रातभरमा हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र अस्तव्यस्त बनाएको हो । हेलम्बु र मेलम्चीको पूरै बजार लगभग डुबानमा परेको छ, कयौँ घर बगेका छन् । प्रहरीले सात जना सम्पर्कविहीन भएको जानकारी दिएको छ ।
बाढीमा माटो र बालुवाको मात्रा धेरै देखिएकोले माथिल्लो क्षेत्रमा ठुलठुला पहिरो गएको अनुमान गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले ५० जना भन्दा धेरै वेपत्ता भएको बताउनुभएको छ । बिजुली र सञ्चार सम्पर्क नहुँदा सूचना संकलनमा कठिन भइरहेको सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो ।
‘मेलम्ची क्षेत्रको अवस्था कल्पनै गर्न नसकिने छ, बिजुली र सञ्चार सम्पर्क छैन, हामी माताहतका प्रहरीलाई पनि सम्पर्क गर्न कठिन भएको छ, अहिले सीडीओसहितको बैठक बसेर के गर्ने भन्ने छलफल गर्दैछौँ’ एसपी अधिकारीले भन्नुभयो । बाढीले पुल, सडक,घरटहरा, खानेपानी आयोजना, क्रसर लगायतका संरचना बगाएको छ ।
(तस्बिर : मन्त्री शेरबहादुर तामाङको फेसबुकबाट)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।