सिरियाको ठूलो शहर अलेपोबाट सरकारी सेना फिर्ता
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - कोरोना महामारी विरुद्धका मेडिकल सामग्री लिएर अमेरिकी जहाज आज काठमाण्डौ आउने भएको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकासका लागि एजेन्सी (यूएसएआईडी) ले नेपाललाई पठाएका सामग्री लिएर जहाज नेपाल आउन लागेको हो ।
अमेरिकाले तीन वटा जहाजमा सामग्री पठाउन लागेकोमा अरु दुई वटा जहाज केही दिनभित्रै आइपुग्नेछन् । अमेरिकाले नेपालका हजारौँ स्वास्थ्य सेवाकर्मीहरूको सुरक्षाका लागि मास्क, फेससिल्ड, र पञ्जासहितका सामग्री तथा पीसीआर परीक्षणको लागि टेष्ट किट पठाएको छ ।
पछिल्ला तीन हप्तामा अमेरिकाले नेपाललाई डेढ अर्ब रुपैयाँभन्दा धेरै बराबरको सहयोग गरेको जनाएको छ । यूएसएआईडीले अक्सिजन उत्पादन प्रणालीहरू मर्मत गर्न पनि मद्दत गरिरहेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले नेपालको लागि द्रुत सहयोग गरिरहेको र अहिलेसम्म नेपाललाई कोरोना विरुद्ध लड्न साढे पाँच अर्ब रुपैयाँभन्दा धेरै रकम बराबरको सहायता प्रदान गरिएको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।