नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई सुझाव दिँदै अमेरिकाले निकाल्याे 'ट्राभल एड्भाइजरी'

 वैशाख २९, २०७८ बुधबार १४:३९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अमेरिकाले 'ट्राभल एड्भाइजरी' निकाल्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएकाे छ । काेभिड–१९ काे सङ्क्रमण निकै जाेखिमपूर्ण अवस्थामा रहेकाे भन्दै अमेरिकाले नेपाल भ्रमण नगर्न आफ्ना नागरिकलाई सुझाव दिएकाे हाे । 

अमेरिकी विदेश मन्त्रालयले नेपाललाई लेभल 'फाेर' मा राख्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाव दिएकाे हाे । 

नेपालमा रहेका आफ्ना नागरिकलाई चार्टड विमानकाे सहायतामा अमेरिका लैजाने प्रस्ताव गरिएकाे र यसबारेमा अहिलेसम्म नेपाल सरकारकाे तर्फबाट कुनै जवाफ नआएकाे नेपालमा रहेकाे अमेरिकी दूतावासले जनाएकाे छ । 

नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण बढेसँगै सरकारले यसअघि नै सबै अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएकाे छ । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध आउँदो जेठ १७ गतेसम्म लम्बिएको छ ।

भारतसँग हप्तामा दुई उडान भने यथावत् नै रहने छ ।   

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया