पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाडाैं – रिस नभएका मान्छे कमै भेटिन्छन् । विभिन्न कारणले मान्छेलाई रिस उठ्छ । रिस बढ्दै गयो भने यसले नकारात्मक असर पार्छ ।
रिस र यसलाई नियन्त्रण गर्ने उपायबारे साथी विना न्यौपानेले शिक्षण अस्पताल महाराजगञ्जका मनोचिकित्सक डा. सरोज ओझासँग कुराकानी गर्नुभएको छ ।
सोच्दा या विचार गर्दा मान्छेमा एक प्रकारको भावना उतपन्न हुन्छ । त्यो भावना बाहिर व्यक्त गर्ने व्यवहार हो, त्यो व्यवहार विभिन्न किसिमका मानिसले व्यक्त गर्दछन् ।
खुसी भएको बेला खुसी र दुःखी भएको बेलामा दुःख व्यक्त गर्छ । रिसाउने भनेको कुनै बिरामी होइन । यो सामान्य अवस्था नै हो । रिसाउने पनि कुनै एउटा समय परिस्थिति हुन्छ । रिसाउनु रोग त होइन, तर यो सही ठाउँमा भएनर चाहिनेभन्दा बढी भयो भने यसले हाम्रो शरीरमा, मनमा, विचारमा र स्वास्थ्यमा नकरात्मक असर पार्न सक्छ ।
धैरै फरक हुन्छ । केटा मान्छेको रिसाउने तरिका छुट्टै हुन्छ । उमेर अनुसार पनि फरक हुन्छ । सानो बच्चा हो भने रिसाउँदा आफ्नो घरको सामान बिगार्ने, फ्याँक्ने गर्न सक्छ । ठूलो मान्छे हो भने बढी कडा रुपमा रिसाउँदा घरको टेलिभिजन फुटाउने हुन्छ ।
कति मान्छे रिस उठेपछि रक्सी पिउने, चुरोट खाने गर्छ । महिलाहरुमा पनि स्कुल जाने किशोरीहरुले रिस पोख्नको लागि आफ्नो हात काट्ने पनि गर्छन् । कोही स्कुल नै जाँदैनन् , कोही सुतिदिन्छन् । रिसाउँदा व्यक्त गर्ने तरिका सबैको उमेर अनुसार फरक हुन्छ ।
सानोतिनो कुरामा नि झर्किने स्वभावको ।
काममा ध्यान नदिने ।
त्यो मान्छे आफूलाई पनि असजिलो महसुस हुने ।
शरीरको विभिन्न भागमा पोलेको, झमझमाएको जस्तो हुने ।
मुटुको धड्कन बढ्ने ।
तत्काल प्रतिकृया दिने ।
खानेकुरा नखाने ।
कारण धेरै हुन्छ, कसैलाई अफिसमा आफूले भने जस्तो भएन भने पनि रिस उठ्छ । कतिपयलाई हाफ्नो सम्बन्धमा चित्त बुझेन भने पनि रिस उठ्छ । कसैको शरीरमा स्ट्रस हर्माेन बढी भयो भने पनि रिस उढ्छ । त्योबेला उसको रक्तचाप पनि बढेको हुन्छ ।
रिसाउने केही हदसम्म नराम्रो नहोला, तर धेरै लामो समयसम्म भयो भने शारीरिक रुपमा पनि नकरात्मक प्रभाव पर्दछ ।
रिस कडा रुपमा भयो भने कसैको सम्बन्ध नै बिग्रन्छ ।
दैनिकी पूरा गर्न कठिन हुन्छ । भोक, निद्रा खलबलिन सक्छ ।
जिम्मेवारी पूरा गर्न सकेन भने जागिर पनि जान सक्छ ।
श्रीमान श्रीमतीमा रिस धेरै भयो भने सम्बन्ध बिच्छेद हुन सक्छ ।
कुनै पनि व्यक्तिको सामाजिक, मानसिक र शारीरिक समस्या हुन्छ ।
सकिन्छ । जस्तै :
धेरै रिस उठ्ने वातावरण छ भने त्यो वातावरणबाट बाहिर निस्कने ।
पानी पिउने ।
रिसाएको बेलामा जे मन लाग्यो त्यै गर्नु हुँदैन । रिसाएको बेलमा विवेकले काम गर्नुपर्छ ।
समय लिएर सोच्नु पर्छ ।
आफ्नो दिमागलाई कतै लगाउनुपर्छ । जस्तै कसरत गर्ने, नाच्ने, म्युजिक सुन्ने ।
रमाईला पलहरु सम्झने, चिया कफी पिउने तथा सिनेमा हेर्ने गर्नुपर्छ । जसको कारणले रिसबाट उत्पन्न हुने नकरात्मक असर कम गर्न सकिन्छ ।
मानिसको मनोविज्ञान मानिस मानिसमा फरक फरक हुन्छ । त्यसैले आफ्नो मनोविज्ञानको बारेमा बुझी राख्नुपर्याे कि मलाई के गर्दा रिस उठ्छ भनेर । जुन रिस उठ्ने कारण छ त्यसलाई पहिला नै थाहा पाउनु पर्छ ।
जस्तै कसैलाई घरमा गएर पकाएको खाना मिठो लाग्दैन भने पहिला नै मिठो बनाउने प्रयास गर्नु पर्याे । आफ्नो नजिकको मान्छेले आफूले भनेको कुरा राम्रोसँग सुनेन भने रिस उठ्न सक्छ, त्यसको लागि सुन्नेगरी भन्न सक्नु पर्याे । अनि कसैले भनेको कुरामा तुरुन्त प्रतिक्रिया गर्न हुँदैन । तुरुन्तै प्रतिकृया दिंदा त्यसले आफ्नो परिवार, समाज र आफूलाई कस्तो असर गर्छ भनेर सोच्नुपर्ने हुन्छ ।
त्यसैले आफ्नो मनोभावनालाई नियन्त्रणमा राख्नुपर्छ । रिस नउठ्नको लागि पहिला नै सावधानी अपनाउने हो रिस उठे पनि रोक्न सकिन्छ । रिस एक किसिमको बाहिर निस्कने मनको भावना हो । रिसाउनै हुँदैन भन्ने होइन कि त्यसलाई सकारात्मक रुपमा लिनु पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सुदेश रेग्मी
Aug. 24, 2018, 7 a.m.सकारात्मक सोचका संवाहक मनोचिकित्सक डा वझाका सल्लाह सुझाव नियमित पढ्न पाइयोस् । हाँसि खुसी जीउनका लागी ...
Madan Risal
Aug. 24, 2018, 4:56 a.m.Intresting and thoughtful article of dr ojha
Rinjee tamang
Aug. 23, 2018, 10:43 p.m.एक दम ठिक कुर हो