गुटबन्दी अन्त्य नभए पार्टीकाे अस्तित्व संकटमा पर्छ : महामन्त्री कोइराला

 भदौ ६, २०७५ बुधबार १२:३९:५१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीमा गुटबन्दी अन्त्य नभएमा यसको अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी दिनुभएको छ ।

नेपाल प्रेस यूनियन बाँकेले बुधबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री कोइरालाले अब पनि काङ्ग्रेस गुटगत आधारमा संचालन भएमा  मुलुक नै धरासायी हुने बताउनुभयो ।

काङ्ग्रेसको एकता बिना स्थिर राजनीति नहुने भन्दै महामन्त्री कोइरालाले लोकतन्त्र पनि खतरामा पर्ने चेतावनी दिनुभयो ।

राजनीतिक नेतृत्व गरेको नेपाली कांग्रेसले मात्रै समृद्ध नेपालको नेतृतव गर्न सक्ने उहाँको भनाई छ । समृद्ध नेपालको नेतृत्व गर्नका लागि काङ्ग्रेस एकठाउँमा उभिनुपर्ने अवस्था आएको बताउनुभयो ।

आफू कांग्रेसलाई एकमना एकताका साथ अघि बढाउने उद्देश्य लिएर अभियान लागेको भन्दै उहाँले पार्टीको महामन्त्रीले सभापतिको विरोध गर्दै हिँड्न नसक्नेमा जोड दिनुभयो ।

उहाँले कोइराला परिवारका तीन नेता शेखर, सुजाता र आफू जहिले पनि एकठाउँमा उभिने बताउनुभयो । उहाँले मूल्यवृद्धिले आम नागरिकलाई समस्यामा पारेको समयमा अनावश्यक कर थोपर्न उचित नभएको दाबी गर्नुभयो ।

छिटोभन्दा छिटो महाधिवेशन बैठक बस्ने विषयमा आगामी केन्द्रीय समिति बैठकमा छलफल हुने उहाँको भनाई छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड लगायतको उपस्थित रहेको थियो ।

उहाँले सरकारको मुल्यांकन गर्ने समय नभइसके पनि ६ महिनाको स्थिती हेर्दा दिशाहिन देखिएको टिप्पणी गर्नुभयो । 
 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया