एनपीएलमा चितवनले पोखरालाई दियो १ सय ६२ रनको लक्ष्य

 मंसिर १८, २०८१ मंगलबार १४:४०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एनपीएल

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १ सय ६२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो । चितवनका रवि बोपाराले ५१ रन बनाए । पोखराका विपिन खत्री, बास डे लीड र रेमोन रेफरले २/२ विकेट लिए ।

यसअघि आज बिहान भएको खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले हराएको छ । सुदूरपश्चिमले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर १ बलमा ९२ रनमा अलआउट भयो ।

अन्तिम अपडेट: मंसिर १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया