उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ भुजुंगेका पहिरो प्रभावित ३९ दलित घरपरिवारलाई बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत दलित बस्ती रहेको गाउँमा आय आर्जनमा वृद्धि होस् भनेर ३९ घरपरिवारमा प्रति घर तीन वटाका दरले बाख्रा वितरण गरिएको सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसालले बताउनु भयो ।
साेमवार एक कार्यक्रमकाबीच पहिरोको उच्च जोखिम रहेको दलित बस्ती भुजुंगेमा रहेका घरपरिवारलाई प्रदेश सांसद रामजीप्रसाद घिमिरे र सन्धिखर्क नगरपालिकाका मेयर भुसालले बाख्रा वितरण गर्नुभएको हो ।
कार्यक्रममा प्रदेश सांसद घिमिरेले कृषि र पशुपालनको माध्यमबाट स्वरोजगार सिर्जना गर्न मुख्यमन्त्री ग्रामीण विकास तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । गरिबी निवारण र स्वरोजगार सिर्जना गर्नु अहिलेको मुख्य काम भएकाले यसतर्फ लागिपरेको उहाँकाे भनाइ छ ।
सन्धिखर्क नगरपालिकाका मेयर भुसालले आफूहरूले दिएका बाख्राकाे राम्रोसँग पालनपोषण गरेर आम्दानी लिन सबैलाई आग्रह गर्नुभयो । कृषि र पशुपालनको विकास विना देशको समृद्धि नहुने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।