तपाईँले बाेकेकाे सिम कार्ड आफ्नै नाममा छैन ? आफ्नो नाममा ल्याउन यसो गर्नुहोस्

 माघ ६, २०७७ मंगलबार १८:१३:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सरकारले परीक्षणका रूपमा प्रयोगमा ल्याएको नागरिक एप प्रयोगमा समस्या भएको धेरै गुनासो आएको छ ।

गुनासो आउनुको मुख्य कारण आफूले प्रयोग गरिरहेको मोबाइल नम्बरलाई एपले सपोर्ट नगर्नु हो । नेपाल टेलिकमका धेरै ग्राहकको सिम आफ्नै नाममा दर्ता भए पनि केही ग्राहकले अरूको नाममा रहेको सिम प्रयोग गरिरहेकाले यस्तो समस्या आएको हाे ।

कम्पनीका ग्राहकले *922# डायल गरेर आफूले प्रयोग गरिरहेको सिम कार्ड आफ्नो नाममा छ/छैन र नामको हिज्जे सही छ/छैन थाहा पाउन सक्छन् । सिम कार्ड आफ्नो नाममा नरहेमा विवरण अद्यावधिक वा नामसारी गर्न तथा आफ्नो नामको हिज्जे सही नभएमा सच्याउनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्दछ । 

प्रिपेड सिम कार्ड ग्राहक विवरण अद्यावधिक गर्न के गर्ने ?

अरूको नाममा रहेको प्रिपेड सिम कार्ड लामो समयदेखि आफैले प्रयोग गरिरहेको अवस्थामा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र, फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा जानुपर्छ र कबुलियतनामाको फाराम भरि अद्यावधिक गर्न सकिन्छ । साथै विगत ६ महिनाभित्र सिम कार्डबाट भएका केही कलहरू भेरिफाइ गर्नुपर्दछ ।

पोस्टपेड सिमकार्ड ग्राहक विवरण अद्यावधिक तथा नामसारी गर्न के गर्ने ?

पोस्ट पेड सिम कार्ड नामसारीका लागि अहिले सिम कार्ड प्रयोग गरिरहेको व्यक्ति र कम्पनीको अभिलेखमा भएको प्रयोगकर्ता दुवै व्यक्ति दूरसञ्चार कार्यालयमा उपस्थिति हुनुपर्दछ । अभिलेखमा सिम कार्ड प्रयोगकर्ताको नाम भएको व्यक्ति उपस्थित हुन नसक्ने भएमा सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्दछ ।

साथै सिम कार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ । संस्थाको हकमा दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ । यी कागजात लिइ दूरसञ्चार कार्यालयमा उपस्थित भइ नियमअनुसार नामसारी गर्न सकिन्छ । 

दूरसञ्चार कार्यालयहरूबाट ग्राहकको विवरण अद्यावधिक/नामसारी गर्ने तथा नाम सच्याउने कार्य प्राथमिकताका साथ गर्ने तयारी भइरहेको हुनाले आगामी हप्तादेखि थप प्रभावकारी रूपमा सेवा ग्राहकहरूलाई उपलब्ध गराउने टेलिकमले जनाएको छ ।  

अन्तिम अपडेट: मंसिर १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

4 Comments

  • माधव तिमिल्सिना

    May 27, 2021, 7:29 a.m.

    धेरै राम्रो काम भएको छ। मेरो नम्बर पनि दाइको नाममा छ। मेरो सिम पुरानो मोडलको छ। अहिले स्मार्ट (माइक्रो) सिम लाग्ने मोबाइलको लागी नयाँ सिम लिन पाएको थिइन। अब सजिलो हुनेभयो।

  •  0 Reply
  • राम प्रसाद पराजुली

    May 25, 2021, 9:52 a.m.

    मेरो सिम मैले आफ्नै नागरिकता बाट लिएको थियो तर अहिले मेरो नाममा छैन यस्तो पनि हुन्छ र

  •  0 Reply
  • masroof dewan

    Jan. 20, 2021, 5:28 p.m.

    old name is mistake

  •  0 Reply
  • Ombabu Chauhan

    Jan. 20, 2021, 6:57 a.m.

    यो सिम मेरो आफ्नै नाममा छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया