काठमाण्डाैले लुम्बिनीलाई १ सय ४ रनकाे लक्ष्य दियाे
मंसिर २६, २०८१ बुधबार
लमजुङ - लमजुङमा तितेपातीको व्यावसायिक तेल उत्पादन सुरु भएको छ ।
लमजुङको क्वहोलासोंथर गाउँपालिका ८ घाम्राङबेसीमा रहेको हिमालयन हर्ब सेन्टरले आधुनिक प्रविधि स्टिम डिस्टिलेसन सिस्टमबाट तितेपातीको तेल उत्पादन सुरु गरेको हो ।
गएकाे वर्ष परीक्षण गरिएको र यस वर्षदेखि तितेपातीबाट तेल उत्पादन गरिएको हिमालयन हर्ब सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङले बताउनुभयो । 'गाउँघरका धेरै उर्बर जमिन बाँझा छन् । पाती फुलेर गएका छन् । त्यसै फुलेर गएको पातीको उपयोग गरी हामीले तेल उत्पादन सुरु गरेका छौँ' अध्यक्ष गुरुङले भन्नुभयो,'गएकाे वर्ष परीक्षण गरियो । यही भदौदेखि भने उत्पादन सुरु गरेका छौँ ।'
उहाँका अनुसार एक हप्ताको अवधिमा ८ लिटर तितेपातीको तेल उत्पादन भएको छ । एक लिटर तेल उत्पादन गर्न ६ सय किलो पाती चाहिन्छ । एक लिटर तेलको ६/८ हजार रुपैयाँसम्म पर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार तितेपातीको तेल खाने परिकारका साथै सौन्दर्य सामग्री र विभिन्न औषधि निर्माणमा उपयोग गरिन्छ ।
'विशेषगरी तितेपातीको तेल युरोपका बजारमा माग उच्च रहेको छ । विदेशमा तितेपातीको तेलको माग ज्यादा छ । गाउँघरमै खेर गएको पातीको उपयोग गरी तेल बिक्रीबाटै राम्रो कमाइ गर्न सकिन्छ' उहाँले भन्नुभयो ।उहाँका अनुसार नेपाली समुदायमा तितेपाती तेलको उपयोगिताबारे थाहा नभएकाले यसको प्रयोग निकै कम रहेको छ । तितेपातीको तेल उत्पादनको लागि मेसिन खरिद, भौतिक संरचना निर्माणमा गरी झण्डै २८ लाख लगानी भइसकेको छ ।
हिमालयन हर्ब सेन्टरमा कोम्रो सामुदायिक वन उपभोक्ता समितिसँगै खड्गबहादुर परियार, ईश्वरबहादुर गुरुङ र गमप्रसाद गुरुङको संयुक्त लगानी रहेको छ । तितेपातीको तेल उत्पादन सुरु भएसँगै स्थानीय ठाउँमा पातीको अभाव भएको छ । स्थानीयले तितेपातीको व्यावसायिक खेती गरेर पनि राम्रो कमाउन सक्ने सम्भावना रहेको गुरुङले बताउनुभयो ।
उच्च परिमाणमा तितेपातीको तेल बनाएर विदेश पठाउन सके राम्रो आर्जन हुन्छ । 'स्थानीय स्रोत-साधनको उपयोग गरी स्थानीयले घरगाउँमै रोजगारी सिर्जना गर्न सक्छन्' उहाँले भन्नुभयो । हिमालयन हर्ब सेन्टरले बिस्तारै ठूलो परिमाणमा तितेपातीको तेल उत्पादन गर्ने लक्ष्य लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।