काठमाण्डाैसँग हारेसँगै लुम्बिनी प्लेअफमा पुग्ने सम्भावना समाप्त
मंसिर २६, २०८१ बुधबार
काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बाेल्ट्सकाे चार खेलकाे अपराजित यात्रा टुङ्गिएकाे छ । आज भएकाे खेलमा जनकपुर सुदूरपश्चिम राेयल्सँग ७२ रनले पराजित भयाे ।
सुदूरपश्चिमले दिएकाे १ सय २४ रनकाे लक्ष्य पछ्याएकाे जनकपुर १२ ओभर १ बलमा ५१ रनमा अलआउट भयाे । एनपीएलमा याे सबैभन्दा कम याेगफल हाे । यसअघि चितवन राइनाेजसँगकाे खेलमा पोखरा एभेन्जर्स ७४ रनमा समेटिएकाे थियाे ।
जनकपुरका जाेशुआ ट्राेम्पले सबैभन्दा धेरै १३ रन बनाए । जनकपुरका अन्य खेलाडीले दाेहाेराे अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमका हरमीत सिंह, कप्तान दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले २/२ विकेट लिए ।
यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे सुदूरपश्चिम राेयल्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनायाे । सुदूरपश्चिमका विनाेद भण्डारीले ३३ रन बनाए । जनकपुर बाेल्ट्सका किशाेर महताेले ४ विकेट लिए ।
यो जीतसँगै सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सुदूरपश्चिमले ५ खेलमा ८ अङ्क जोडेको छ । जनकपुरले पनि ५ खेलमा ८ अङ्क जोडे पनि नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ ।
एनपीएलमा आजकाे दाेस्राे खेलमा दिउँसाे १ बजे काठमाण्डाै गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।