बुटवलको तिनाउ पुलमा जीप दुर्घटना हुँदा ३ जनाकाे ज्यान गयाे
मंसिर २९, २०८१ शनिबार
काठमाण्डौ – अगष्ट २३ मा नेपाल एअरलाइन्समार्फत कुवेतबाट नेपाल फर्कन टिकट काट्नुभएको थियो ? थियो भने त्यस टिकटबाट नै तपाईँ अगष्ट २८ मा नेपाल फर्कन पाउनु हुने भएको छ ।
अगष्ट २३ मा टिकट लिएका यात्रुको स्वदेश फिर्तीका लागि नेपाल एअरलाइन्सले अगष्ट २८ मा उडान भर्ने भएको छ । अगष्ट २८ मा यात्रा गर्नका लागि आफ्नो टिकट र होटल बुकिङ्ग पुनः प्रमाणित गर्न नेपाल एअरलाइन्सले अनुरोध गरेको छ ।
अगष्ट २३ को उडान रद्द भएका कारण त्यस उडानमार्फत नेपाल फर्कने टिकट लिएका यात्रुले अगष्ट २६ अर्थात भोलिसम्म होटल र आफूसँग भएको टिकट आफ्नो प्रतिनिधिमार्फत पुनः प्रमाणिकरण गर्न सकिन्छ ।
यसरी सम्पर्कमा आएका यात्रुलाई २८ अगष्टमा हुने उडानमा समावेश गरिने र सम्पर्कमा नआएका यात्रुको पूरै रकम फिर्ता गरिने एअरलाइन्सले जनाएको छ ।
कुवेतबाट नेपाल एअरलाइन्सले २८ र ३१ अगष्टमा दुई वटा चार्टर्ड उडान भर्दै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।