संसारका ३८ देशमा रहेका ३४ हजारभन्दा धेरै नेपालीमा कोरोना सङ्क्रमण, ९३ प्रतिशत निको

 भदौ ७, २०७७ आइतबार १४:७:५८ | उज्यालो सहकर्मी

काठमाण्डौ – खाडी र मलेसियासहित संसारका विभिन्न ३८ देशमा कार्यरत ३४ हजारभन्दा धेरै नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म संसारका ३८ देशमा कार्यरत ३४ हजार ३ सय १ जना नेपालीमा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना नेपाली शनिबार साँझसम्म कोरोना मुक्त भएको समितिले जनाएको छ ।

विदेशका १६ देशमा १९२ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ । स्वास्थ्य समितिका अनुसार गएको साता थप एकसहित अहिलेसम्म संसारका विभिन्न देशमा रहेका १ सय ९२ जना नेपालीको कोरोनाको कारण ज्यान गएको हो । गएको साता लग्जम्वर्गमा १ नेपालीको कोरोनाको कारण ज्यान गएको हो ।

अहिलेसम्म कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान छ । स्वास्थ्य समितिका अनुसार फेरि गएको साता विभिन्न देशमा कार्यरत नेपालीमा कोरोना सङ्क्रमण बढ्दो छ ।

गएको साता अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरब लगायतका देशमा रहेका नेपालीमा सामान्य रुपमा सङ्क्रमण दर बढेको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भइसकेको छ ।

डा. सापकोटाले कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजक रहन आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया