पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ - लकडाउनको समयमा सबै मानिस घरभित्रै हुँदा महिला, पुरुष, किशोरकिशोरी र बालबालिकासहित सबैलार्ई यसले असर गरेको छ । यस अवधिमा आत्महत्यादेखि महिला हिंसाका घटना पनि उत्तिकै भइरहेका छन् । हामीलाई फोन गरेर परामर्श लिनेहरुमध्ये धेरै महिला नै छन् ।
उनीहरुलाई निन्द्रा नपर्ने, श्रीमानसँग झगडा पर्दा चिन्ता थपिएको, र पहिलेदेखि यस्तो समस्यामा रहेका महिलालाई समस्या झनै बढ्दै गएको पाइएको छ ।
हामीलाई किशोरकिशोरीले भने मानसिक समस्याबारे फोन गरेर बताएका छैनन् । तर यस्तो बेला मानसिक चिन्ताबाट किशोरकिशोरी पनि अछुतो छैनन् ।
किशोरकिशोरीका समस्या
किशोरकिशोरीलाई पनि यस्तो बेला मानसिक समस्या देखा पर्छ । १७/१८ वर्षसम्मका किशोरकिशोरीलाई साथीहरुसँग भेटघाट गर्ने, घुम्न जाने, विद्यालय जाने रुचि बढी हुन्छ । यस्तो समयमा रुचिअनुसारको काम गर्न पाएका छैनन् उनीहरुले । घरभित्र बस्दा बस्दा दिक्क भएका छन् । जसले गर्दा उनीहरुमा छटपटी बढ्दै गएको छ ।
त्योभन्दा कम उमेरका बालबालिका स्कुलमा बढी रमाउँथे । लकडाउनमा घरमै हुँदा उनीहरु पनि निराश बनेका छन् । अभिभावकलाई पनि लकडाउनले गर्दा चिन्ता भइरहेको छ । यस्तो अवस्थामा बच्चा अलिकति चल्यो, भनेको मानेन, आफूखुसी गर्यो, समयमा सुतेन वा उठेन भने अभिभावकले बढी नियन्त्रण गर्न खोज्छन् । आफूलाई नियन्त्रण गरेको बच्चाहरुलाई मन पर्दैन । त्यसैले बच्चाहरुलाई भित्र भित्र रिस उठ्छ । जसले गर्दा उनीहरुलाई डिप्रेसन हुने गर्छ ।
के गर्न सकिन्छ ?
बालबालिकामा विभिन्न प्रतिभा हुन्छन् । कसैलार्ई कथा कविता लेख्ने मन होला । कसैलाई ‘आर्ट’ गर्ने मन होला । कसैलाई ‘डान्स’ सिक्न त कसैलाई बाद्यवादनमा मन लागेको हुन सक्छ । यी सबै प्रतिभाको प्रस्फुटन घरमै, कोठामै गर्न सकिन्छ ।
यसमा अभिभावकले ध्यान दिनुपर्छ । मेरो बच्चाका लागि मैले के सिकाउन सक्छु भन्ने सोच्नुपर्छ । यस्तो बेला अभिभावकहरुले पनि प्रेमपूर्वक काम गर्नुपर्छ । झगडा नहुने वातावरण बनाउनेतर्फ उनीहरु लाग्नुपर्छ । जसले गर्दा बच्चाहरुलाई फाइदा हुन्छ ।
आमाबुवाको झगडाले बच्चामा मानसिक असर पर्छ । मेरो कामले मलाई, परिवार र बच्चालाई फाइदा हुन्छ कि हुँदैन भन्नेबारे आमाबुवाले सोच्नुपर्छ ।
अभिभावक मात्र होइन, हामी सबैले कुनै काम गर्दा आफैँले आफैँलाई प्रश्न गर्नुपर्छ । मैले कुन काम गर्दा उपयुक्त हुन्छ ? मैले गरेको काम सही हो त ? हामीले यस्तो सोचेर काम गर्यो भने सबैको लागि फाइदा हुन्छ ।
मोबाइल धेरै चलाउनु हुँदैन
लकडाउनमा केटाकेटीले बढी समय मोबाइलमा बिताउने गरेको पाइन्छ । जसले गर्दा निन्द्रा नलाग्ने हुन सक्छ । फेसबुक र युट्युबले बानी नराम्रो पार्न सक्छ ।
किशोरकिशोरीले हेर्न नहुने खालका भिडिओ युट्युबमा धेरैै पाइन्छ । जसले उनीहरुलाई बेफाइदा गर्छ । धेरै मोबाइल चलाउने र ठूलो आवाजमा सुन्दा कानलाई असर पर्ने हुन्छ । १५/१६ वर्षको उमेर भएका केटाकेटीले मोबाइल धेरै हेर्न हुँदैन ।
के गर्न हुँदैन ?
ल्यापटपलाई काखमा राखेर चलाउनु हुँदैन । सुत्ने बेला मोबाइल नजिक राख्नु हुँदैन । लामो समयसम्म मोबाइल हेर्दा आँखालाई असर पार्छ ।
हामीले गर्ने ससाना कुरा र व्यवहारले पनि मानसिक असर गर्छ । निन्द्रा सधैँको लागि बिग्रन्छ । यसले जस्तोसुकै उमेरका मानिसलाई पनि जोखिममा पार्छ ।
हाम्रो शरीरको घडी
हाम्रो शरीरमा जैविक घडी हुन्छ । त्यो घडीको चक्रसँगै सुताइ, उठाइ र खवाइ मिलाएनौँ भने हामी स्वस्थ हुँदैनौँ । मानव शरीरमा हुने आन्तरिक समय प्रणाली वा घडीलाई ‘सरकेडियन साइकल’ भनिन्छ ।
अहिलेको यो अति महत्त्वाकाङ्क्षी युगमा कम समयमा धेरै इच्छा पूरा गर्न भ्याउनुपर्ने भएकोले मानिसको मस्तिष्कले धेरै भार खेप्नु परेको छ । अझ सामाजिक सञ्जालमा निरन्तर आँखा दौडाउने बानीले हाम्रो मन र मस्तिष्कलाई डामाडोल बनाएको छ ।
मनको विक्षिप्तता, अतिशय तनाब, राति ढिलो सुत्ने या सुत्नुअघि टिभी र इन्टरनेटमा समय बिताउने गर्नाले हाम्रो आन्तरिक जैविक घडीलाई खलबल्याएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
डा. कपिलदेव उपाध्याय मनाेचिकित्सक हुनुहुन्छ ।