गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका हमासद्वारा...
मंसिर १८, २०८१ मंगलबार
धनकुटा - जिल्ला अस्पताल धनकुटामा कार्यरत स्टाफ नर्समा कोरोना सङ्क्रमण देखिएपछि अस्पताल आसपाससहित धनकुटा बजार क्षेत्रलाई सिल गरिएको छ ।
जिल्ला संकट व्यवस्थापन समिति धनकुटाको आइतबार राति सम्पन्न आकस्मिक बैठकले अस्पताल आसपासका क्षेत्रलाई चार किल्ला कायम गरी अर्को आदेश नभएसम्मको लागि सिल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी एवम् कोभिड–१९ कमान्ड फोर्स धनकुटा संयोजक केशव प्रसाद बिमलीले बताउनुभयो ।
सङ्क्रमित स्वास्थ्यकर्मीको सम्भावित क्षेत्रका जनताहरुको स्वस्थ्य जोखिमलाई मध्यनजर गर्दै बजार क्षेत्र सिल गरिएको उहाँले जानकारी दिनुभयो। बजार क्षेत्र सिल गरिएसँगै आवत जावत ठप्प पारिएको छ । अटेर गर्ने जोकोहीलाई पनि सुरक्षाकर्मीले नियन्त्रणमा लिन सक्नेछन् ।
धनकुटा नगरपालिका–७ को भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रदेखि, धनकुटा बसपार्क, बसपार्कदेखि जिरो प्वाइन्ट, जिरो प्वाइन्टदेखि परिचय मोड, परिचय मोडदेखि यलम्वर चोक, यलम्वर चोकदेखि सिनेमा हल, सिनेमा हलदेखि याक्चना घाट जाने त्रिवेणी चोक सम्मको क्षेत्रलाई सिल गरिएको छ ।
सिल गरिएको क्षेत्रमा सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । आइतबार साँझ सङ्क्रमित पुष्टि भएकी स्वास्थ्यकर्मीलाई साँझदेखि नै धनकुटा अस्पतालको आइसोलेन वार्डमा राखिएको छ । उनलाई बिहान ८ बजे कोरोना अस्पताल विराटनगर पाठाइएको छ ।
उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।
बैठकले धनकुटा अस्पतालमा २१ दिन यता आएका सेवाग्राहीहरुको ट्रेसिङ गरेर कोरोना परीक्षणलाई तीव्रता दिने पनि निर्णय पनि भएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठलेजानकारी दिनुभयो।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, प्रहरी र प्रशासनका कार्यरत कर्मचारीहरुको केही दिन अघि मात्रै स्वाब परीक्षण गरिएको थियो । धनकुटा अस्पताल आएका बिरामीबाटै नै सङ्क्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ ।
सङ्क्रमित स्वास्थ्यकर्मी लकडाउनभन्दा अघिदेखि जिल्ला बाहिर नगएको खुलेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।